शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

कृषिमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह

images
सोमबार, माघ १० २०७८
images
कृषिमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह

सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गरेका हुन्। 

images
images

काठमाडौं- कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन्। सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई गुणा लगानी बढाउन आग्रह गरेका हुन्। 

images
images
images

‘यो ५७औं वार्षिकोत्सव समारोह सँगसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरूले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ’, उनले भने, ‘यसलाई सकेसम्म दुई गुणा वृद्धि गर्नुहुनेछ। जसबाट राष्ट्रिय पुँजी निर्माण, उत्पादन तथा रोजगारीमा  महत्वपूर्ण योगदान पुग्नेछ।’ 

images
images

उनले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको बताएका हुन्। मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको र बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास दिलाए। 

images
images

राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो’, उनले भने, ‘यो रणानीतिमा रहेर यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ।’ बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थाहरूलाई पनि शिक्षा दिन सक्नुपर्ने उनले उल्लेख गरे। 

पछिल्लो समय प्रविधिको युग रहेको भन्दै मन्त्री शर्माले बैंकले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (यूएसएसडी) प्रशंसनीय रहेको उल्लेख बताए। यसले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिनसक्नेमा विश्वास व्यक्त गरे। 

बैंकको वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले यूएसएसडी सेवाको उद्घाटन तथा ‘उपहार’ पुस्तकको लोकार्पण समेत गरेका थिए। बैंक विसं २०२२ साल माघ १० गते स्थापना भएको थियो। हाल यस बैंकले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ। 


प्रकाशित : सोमबार, माघ १० २०७८१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend