बुधबार, वैशाख १० गते २०८२    
बुधबार, वैशाख १० २०८२
images
images

वालिङमा व्यावसायिक केराखेती : वार्षिक चार लाख मुनाफा

images
आइतबार, पुस १४ २०८१
images
वालिङमा व्यावसायिक केराखेती : वार्षिक चार लाख मुनाफा

व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनले केराखेती प्रारम्भ गरेका हुन्। उनको बगैँचामा स्थानीय र हाइब्रिड केरा फलेका छन्।

images
images

स्याङ्जा- यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन्।  वालिङ नगरपालिका-१ धरमपानीका कृष्णप्रसाद ढुंगानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गरेका हुन्।

images
images
images

सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उनले बताए। 'मेरा बारीका केरा स्थानीय व्यापारीले बगैचाबाट नै खरिद गर्छन् ', उनले भने।

images
images

स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन। तीन वर्षअघि किसान ढुंगानाले व्यावसायिक रूपमा केराखेती थालेका हुन्। व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनले केराखेती प्रारम्भ गरेका हुन्। उनको बगैँचामा स्थानीय र हाइब्रिड केरा फलेका छन्।

images
images

उद्यमी ढुंगानाले २० रोपनीमा केराखेती गर्दै आएका छन्। बगैँचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाएका छन्। उनले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आएका छन्। रासस


प्रकाशित : आइतबार, पुस १४ २०८१११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend