शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक संकट, उपकरण बिग्रँदा उत्पादन ठप्प

images
आइतबार, पुस १४ २०८१
images
images
हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक संकट, उपकरण बिग्रँदा उत्पादन ठप्प

उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले जनाएको छ।

images
images

बागमती- उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग  आर्थिक संकटमा परेको छ। गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो।

images
images
images

उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ।

images
images

आर्थिक संकटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए।

images
images
images

उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो। उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ। 'हामीसँगै कच्चा पदार्थको अभाव छैन', अध्यक्ष भण्डारीले भने, 'उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ,' उनले भने। 

आर्थिक अभावका कारण यसअघि  पनि दुई महिना उद्योग बन्द भएको थियो। गत भदौको तेस्रो सातादेखि उत्पादन सुरु गरेको उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो। रासस


प्रकाशित : आइतबार, पुस १४ २०८११०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend