शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

चुनावको दोधारले सेयर बजारमा ठूलो गिरावट, तर विश्लेषक भन्छन्- दैनिक २२ अर्ब र ३२०० अंकको रेकर्ड छिटै तोडिन्छ

images
सोमबार, माघ १० २०७८
images
चुनावको दोधारले सेयर बजारमा ठूलो गिरावट, तर विश्लेषक भन्छन्- दैनिक २२ अर्ब र ३२०० अंकको रेकर्ड छिटै तोडिन्छ
images
images

काठमाडौं- चुनावको विषयमा देखिएको दोधारले सेयर बजारमा ठूलो गिरावट आएको छ। दुई दिन अगाडिसम्म स्थानिय चुनाव बैशाखमै हुने चर्चा चले पनि सरकारले सबै चुनाव मंसिरमा गर्नेगरी कानूनी राय लिन थालेपछि बढिरहेको सेयर बजारमा सिधा असर परेको छ।

images
images
images

प्राय चुनावका वर्षहरूमा सेयर बजारमा उच्च अंकमा जाने गरेको छ। साताको दोस्रो दिन सोमबार सेयर बजारमा ९९.८६ अंकको गिरावट आएको छ। आइतबार १०.८३ ले घटेको बजार सोमबार ९९.८६ अंकले घटेर २८२०.६५ बिन्दुमा पुगेको छ।

images
images

सोमबार १ करोड ७० लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख रूपैयाँको कारोबार भएको छ। 

images
images

‘यो गिरावट मौसमी हो , बजार घट्नुपर्ने कारण नै छैन,’ बजार बिश्लेषक छोटेलाल रौनियारले भने।

यो चुनावी चर्चाले सेयर बजारमा उतारचढाव ल्याइएकोले केही दिनमै लयमा फर्कनेसमेत रौनियार बताउँछन्। ‘सेयर बजारमा अहिले सबै सूचकहरू राम्रो हुँदै गएकोले २२ अर्ब करोबार र ३२०० अंकलाई उछिनेर माथि जाने निश्चित छ’ रौनियारले भने। 

गएको साता ७३.५९ अंकले वृद्धि भएको सेयर बजार मापक नेप्से परिसूचक यो साता कारोबारको पहिलो दिन आइतबार १०.८३ अंकले घटेको थियो। 

आइतबार बजार १०.८३ अंकले घटेर २९२०.५१ बिन्दुमा पुगेको थियो। आइतबार ७ अर्ब ३ करोड रूपैयाँको कारोबार भएको थियो। गएको साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७३.५९ अंकले बढेर २९३१.५९ बिन्दुमा पुगेको थियो। त्यसअघिको साता बजार १६५.२८ अंकले बढेको थियो। 

बजार ३२०० बाट घट्दै बढ्दै गर्दा २२०० बाट टेको लागेर अगाडि बढेकोले अबको बजार ३२०० भन्दा माथि जाने प्राविधिक तथ्यांकले देखाउने विश्लेषकहरूले बताइरहेका छन्। तीन सातादेखि सकारात्मक देखिएको बजारमा आइतबार देखिएको गिरावट सामान्य ब्रेक मात्र भएको विश्लेषकहरूको तर्क थियो। सोमबारसमेत बजारमा गिरावट आए पनि केही करेक्सनपछि बजार पुन: उचाइमा बढ्ने उनीहरू बताउँछन्। 


प्रकाशित : सोमबार, माघ १० २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend