शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत

images
शनिबार, पुस १३ २०८१
images
images
सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत

बेत बिक्रीका लागि स्थानीय उपभोक्तालाई प्रतिकिलो ५० रूपैयाँका दरले बिक्री गरिन्छ भने अन्यलाई ९० रूपैयाँ तोकिएको छ।

images
images

घोडाघोडी- कैलालीको टीकापुर नगरपालिका-७ स्थित सत्ती कर्णाली सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बेत बन्दै गएको छ।

images
images
images

तीन सय हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनबाट प्रत्येक वर्ष ठूलो मात्रामा बेत बिक्री हुने भएकाले आम्दानीको प्रमुख बनेको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताए।

images
images

'सुदूरपश्चिममा सबैभन्दा बढी बेत उत्पादन हुने यही वन हो', चौधरीले भने, 'वनको आम्दानीको मुख्य काठ नभइ बेत नै बनेको छ। सानो र ठूलो गरी चार वटा प्लटमा बेत उत्पादन गरिन्छ।'

images
images
images

बेत काट्का लागि अनुभवी कामदार आवश्यक पर्छ। 'गत वर्ष ठूलो परिमाण भएको प्लटको बेत काटेका थियौँ। उनले भने, 'वन कार्ययोजनाअनुसार छ हजार पाँच सय क्विन्टल काट्ने अनुमति पाएका थियौँ। तर अनुभवी कामदारको अभावले दुई हजार सात सय क्वीन्टल बेत मात्रै काट्न सक्यौँ।'

बेतका कारण स्थानीय उपभोक्ताले रोजगारी पाउने गर्दछन्। प्रत्येक वर्ष फागुन १५ गतेपछि दुई महिनासम्म बेत काट्ने गरिन्छ। बेत काटेवापत स्थानीय उपभोक्ताहरुले प्रतिकिलो १० रूपैयाँका दरले पारिश्रमिक पाउँछन्। एक जनाले दिनमा एक हजार रूपैयाँदेखि दुई हजार रूपैयाँसम्म कमाउँछन्,' चौधरीले भने।

बेत बिक्रीका लागि स्थानीय उपभोक्तालाई प्रतिकिलो ५० रूपैयाँका दरले बिक्री गरिन्छ भने अन्यलाई ९० रूपैयाँ तोकिएको छ। गत वर्ष दुई हजार सात सय क्विन्टल काटेको बेत सुकेर नौ सय क्विन्टल भएको थियो। जसलाई प्रतिकिलो ९० रूपैयाँका दरले ६ सय क्विन्टलका बिक्रीका लागि बोलपत्र आह्वान गरिएको उनको भनाइ छ। 

'जिल्लामा बेतको माग  धेरै छ', चौधरीले भने, 'नियमअनुसार १० प्रतिशत स्थानीय उपभोक्ता र १० प्रतिशत जिल्लाभित्रका उपभोक्तालाई मात्रै दिन पाइन्छ।' 

नजिकै रहेको सामुदायिक वनबाट बेत बास पाउँदा सहज हुने गरेको उद्योग सञ्चालक भरतलाल विक बताउँछन्। विगत पाँच वर्षदेखि बेत बाँस उद्योग सञ्चालन गरिरहेका उनले उद्योगमा स्थानीय ३५ जनाभन्दा धेरैलाई रोजगारी पनि दिएका छन्। 

उनले बेत खरिदका लागि भने समस्या हुने गरेको बताए। विकले भने, 'धेरै बेत आवश्यक हुँदा टेण्डर प्रक्रियामा नै जानुपर्छ। टेण्डरमा जाँदा एकमुष्ट धेरै लगानी हामी लगाउन सक्दैनौँ। सबै बेत बाहिर जान्छ र हामीलाई कच्चापदार्थको अभाव हुन्छ। स्थानीय उद्योगमा खपत भइ बाँकी रहेको बेत टेण्डर लगाउने गरेको भए सहज हुन्थ्यो', उनले भने।

कर्णाली नदीको छेउमा रहेकाले सत्ती कर्णाली सामुदायिक वन कटान हुँदै गएको छ। पचास हेक्टरभन्दा बढी वन कटान भइसकेको छ। कटानका कारण मुख्य आम्दानीको स्रोतका रूपमा रहेको बेतहरु बगेर जाने गर्दछन्। वन कटानसँगै नजिकै रहेको बस्ती पनि जोखिममा छ। रासस


प्रकाशित : शनिबार, पुस १३ २०८११३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend