शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

लापरबाहीले गैँडा मरेपछि निकुञ्जले भन्यो- सडक निर्माणको जानकारी थिएन

images
बिजनेस न्युज
images
लापरबाहीले गैँडा मरेपछि निकुञ्जले भन्यो- सडक निर्माणको जानकारी थिएन

शहरी क्षेत्रको पानी वन क्षेत्रमा पठाउन लागिएको हो वा के हो? वन क्षेत्रमा नाली किन आवश्यक पर्‍यो? सो विषयमा अध्ययन गर्न थालिएको छ।

images
images

चितवन- वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैँडा मरेको हो।  

images
images
images

निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिङ्गे गैँडा मरेको थियो। गैँडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्किन नसकेर गैँडा मरेको हो।

images

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गरिएको छ। हालसालै डिभिजन सडक कार्यालय भरतपुरले रुख काट्नका लागि अनुमति लिन पत्र पठाएको छ। सडकले निर्माण पूर्व नै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ। ती दुवै काम नगरीकनै सडक विस्तार थालिएको पाइएको छ। यस्तो कार्य गर्दा निकुञ्जसँग अनुमति र राय लिनुपर्ने हुन्छ।

images

आचार्यका अनुसार सहमति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट लिनुपर्ने हुन्छ। निकुञ्जको रायअनुसार विभागले सहमति दिएपछि निकुञ्जले अनुमति दिने गर्दछ। यहाँ निर्माण गर्दा भने निकुञ्जलाई कामको जानकारी नदिएको आचार्यले बताए।

images
images

घटनास्थलको प्रतिवेदन सोमबार पेश भएसँगै अनुसन्धान अधिकृत तोकेर घटनाको अध्ययन सुरु गर्ने उनले जानकारी दिए। निकुञ्जले सडकलाई पत्र पठाउँदै छ। वन क्षेत्रमा नाली किन आवश्यक पर्‍यो? सो विषयमा अध्ययन गर्न थालिएको उनको भनाइ छ। शहरी क्षेत्रको पानी वन क्षेत्रमा पठाउन लागिएको हो वा के हो? यस विषयमा बुझ्ने उनले बताए।

उनले भने, 'सडकले गर्न नहुने काम गर्‍यो।' वातावरणीय प्रभाव हेरेर काम गरेको भए घटना हुनबाट जोगिने निकुञ्जका अधिकारीको भनाइ छ।

डिभिजन वन कार्यालय भरतपुरका प्रमुख बाबुराम सापकोटाले निकुञ्जसँग अनुमति लिने र प्रक्रिया पूरा गरे जस्तो आफूलाई नलागेको बताए। उनले भने, 'नालाको क्यूरिन (पानीले भिजाउने काम) बाँकी रहेकाले खाल्डो नपुरिएको हो। त्यति नै बेला गैँडा खसेर घटना भयो।' छिटो पुर्दा संरचना कमजोर हुने भएकाले खाल्डो नै छोडिएको उनको भनाइ छ।

ठेक्का लगाउँदा पुल्चोकबाट ६ किलोमिटर ८०० मिटर लम्बाइ विस्तार गर्न लागिएकोमा सो ठाउँसम्म सडक पुगेको सापकोटाको भनाइ छ।

निर्माण कम्पनी इण्डो सगुन ज्वाईन्ट भेन्चरका सञ्चालक सहदेव खड्काले सडकले ठेक्का दिएअनुसार आफूहरुले काम गरेको बताए। सो ठाउँमा माघ ४ गते निर्माणको काम गरेकाले अझैँ चार दिन पानीले भिजाउनुपर्ने भएकाले खाल्डो नपुरिएको बताए।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले सडकको लापरबाहीको कारण १२ वर्षको भाले गैँडा मरेको बताए। खाल्डोमा भएको रड पेटमा रोपिएर गैँडा उठ्न नसकी मरेको उनको भनाइ छ। पशु अधिकारकर्मीहरुले लापरबाहीपूर्ण तरिकाले गरिने निर्माणका कारण यस्ता घटना समयसमयमा हुने गरेको बताएका छन्। पशु अधिकारकर्मी सुराजन श्रेष्ठले दिगो विकासका लागि प्रक्रिया पुर्‍याएर काम गर्नुपर्ने भए पनि वन्यजन्तुको ओहोरदोहोर हुने मुख्य वन क्षेत्रको सडकमा निर्माण कार्य गर्दा वन्यजन्तुमैत्री हुनुपर्ने बताए। घटनाको अध्ययन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ।

वन्यजन्तु ओहोरदोहोर गर्नुपर्ने क्षेत्रमा अण्डरपास (सडक मुनिबाट वन्यजन्तु हिड्ने बाटो) र ओभरपास (सडक माथिबाट वन्यजन्तु हिड्ने बाटो) को व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। निकुञ्जमा साउनयता २१ गैँडा मरेका छन्। जसमध्ये दुई चोरीशिकारीबाट मरेका हुन् भने अन्य प्राकृतिक र मानवीय लापरबाहीका कारण मरेका हुन्। रासस

images

प्रकाशित : सोमबार, माघ १० २०७८०९:०६
प्रतिक्रिया दिनुहोस