बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

सबस्टेसन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण

images
शनिबार, पुस १३ २०८१
images
images
सबस्टेसन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण
फाइल तस्बिर

कैलालीको दोधराबाट सुरु भइ कालिकोट भएर हुम्ला जाने यो प्रसारण लाइन करिब २२० किलोमिटरको हुनेछ।

images
images

काठमाडौं- हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सबस्टेसन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ।

images
images
images

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा समाहित गराउन आवश्यक सबस्टेसन निर्माणका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय हुम्लालाई अनुरोध गरेसँगै जिप्रका हुम्लाले उक्त जग्गा अधिग्रहण गर्न लागेको हो।

images
images

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा नेत्र ज्ञवालीले हुम्ला कर्णाली र मुगु कर्णालीमा उत्पादित हुने दुई हजार ५ सय  मेगावाट विद्युतलाई राष्ट्रिय प्रसारण ग्रीडमा आबद्ध गराउनका लागि सर्केघाटमा सबस्टेसन निर्माण गर्न लागिएको जानकारी दिए। डा ज्ञवालीले उक्त सबस्टेसन निर्माणले हुम्ला र मुगु क्षेत्रको जलविद्युत् विकासमा महत्वपूर्ण उपलब्धि साबित हुने बताए।

images
images
images

कैलालीको दोधराबाट सुरु भइ कालिकोट भएर हुम्ला जाने यो प्रसारण लाइन करिब २२० किलोमिटरको हुनेछ। हाल कैलालीको दोधरादेखि कालिकोटको फुकोटसम्मको प्रसारण लाईन निर्माणाधीन रहेको छ।

उक्त जग्गा अधिग्रहण गरेपश्चात हुम्ला-कालिकोट खण्डको ९० किलोमिटर खण्डको विस्तृत इन्जिनियरिङ र वातावरण अध्ययन सुरु गरिने र दुई वर्षपछि निर्माणमा जान सकिने राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले जनाएको छ। रासस


प्रकाशित : शनिबार, पुस १३ २०८१११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend