शनिबार, पुस १३ गते २०८१    
images
images

मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमीको लागत अनुमान १ अर्ब २८ करोडबाट बढेर ७ अर्ब ३५ करोड पुग्यो

वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत भएको १८ महिना नबित्दै पूरक रिपोर्ट पेस

images
शुक्रबार, पुस १२ २०८१
images
images
मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमीको लागत अनुमान १ अर्ब २८ करोडबाट बढेर ७ अर्ब ३५ करोड पुग्यो
images
images

काठमाडौं- मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा एकेडेकी निर्माण सुरु भएको दशक भइसकेको छ। तर निर्माण पूरा हुनुपर्ने समय घर्किरहँदा काम पूरा हुन सकेको छैन, नयाँ योजनाहरू पनि थपिँदै गएका छन्। 

images
images
images

मुलपानीमा रंगशालाको निर्माणको थालनी २०७१ सालबाट भएको थियो। पूर्वघोषित लक्ष्यअनुसार २०७६ सालमा सम्पन्न हुनुपर्ने रंगशाला तथा एकेडेमी निर्माणका लागि पछिल्लोपटक २०८० असार २४ गते वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो। उक्त रिपोर्ट स्वीकृत हुँदा आयोजनाको लागत १ अर्ब २८ करोड ६६ लाख ३ हजार ८ सय ३७ रुपैयाँ अनुमान गरिएको थियो।

images

रिपोर्ट स्वीकृत भएको १८ महिनामै फेरि पूरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। रिपोर्टअनुसार आयोजनाको लागत अस्वभाविक रुपमा बढेको छ। पूरक रिपोर्टमा आयोजनाको लागत ७ अर्ब ३५ करोड ४ लाख २० हजार रुपैयाँ पुर्‍याइएको छ।

images
images

स्वीकृत भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा समावेश गरिएअनुसार आयोजनाले ओगट्ने क्षेत्रफल, दर्शक क्षमता, पानीको खपत फेरबदल भएको हुँदा पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारिएको उल्लेख गरिएको छ।

सुरुको रिपोर्टमा १ लाख १८ हजार २ सय ३ वर्गमिटर रहेकोमा १ लाख ६ हजार ९ सय ९९ वर्गमिटर क्षेत्रफल प्रस्ताव गरिएको छ। यसैगरी आयोजनाको संरचना प्याराफिटको क्षेत्रफल स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा १ हजार ७ सय २२ वर्गमिटर रहेकोमा हाल प्याराफिटको क्षेत्रफल १८ हजार ८९ वर्गमिटर प्रस्ताव गरिएको छ। 

यसैगरी प्याराफिटको क्षमता बढ्नाले आयोजनाको दर्शक क्षमता स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा १५ हजार जना रहेकोमा हाल २१ हजार ३४ जनाको बनाइएको छ।

मुलपानी क्रिकेट एकेडेमीको निर्माणले नेपालमा अन्तर्राष्ट्रियस्तरको रंगशाला तथा व्यवस्थित खेलाडी प्रशिक्षण स्थल निर्माण हुने जनाइएको छ। जसले क्रिकेट खेल र खेलाडीको विकासमा थप सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ।

संरचना निर्माणले क्रिकेट खेलप्रति रुची हुनेहरूलाई क्षमता विकास गर्ने अवसर मिल्ने तथा खेलकुद गतिविधिहरू राष्ट्रियस्तरमा बढ्दै जाने साथै खेलकुदको माध्यमबाट सामाजिक सद्‍भाव तथा राष्ट्रिय एकता अभिवृद्धि हुने जनाइएको छ।

क्रिकेट एकेडेमीमा देशभरिबाट छानिएर आएका १६ वर्षमुनिका, १९ वर्षमुनिका, पुरुष राष्ट्रिय खेलाडी र महिला राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट मान्यता प्राप्त ट्रेनिङ कोर्सअनुसार तालिम दिन मिल्ने जनाइएको छ। राष्ट्रिय खेलाडीहरु घाइते भएमा उपचारको लागि एकेडेमीमा राखिने र आवश्यक उपचारपश्चात फेरि खेलमा फर्काउने कार्यसमेत गरिने उल्लेख गरिएको छ।

यसैगरी १४ हजार ४ सय ८७ वर्गमिटरको बिल्ट एरिया परिवर्तन गरी २४ हजार ५ सय ४८ वर्गमिटर हुने उल्लेख गरिएको छ। यसअघि स्वीकृत रिपोर्टमा भीभीआईपी ब्लक निर्माण थिएन भने अहिले उक्त संरचना निर्माण थपिएको छ।

यसैगरी खेलाडी ब्लक निर्माणको क्षेत्रफल ३ वर्गमिटरले घट्ने प्रस्ताव गरिएको छ भने गार्ड हाउस निर्माणको क्षेत्रफल बढ्ने छ। यसैगरी अभ्यास नेटका लागि आवश्यक क्षेत्रफल र होस्टल ब्लक निर्माणको क्षेत्रफल बढ्ने पूरक रिपोर्टमा उल्लेख छ। जिम हल र स्विमिङ पुल निर्माण क्षेत्र बढ्ने छ। सवारी पार्किङ क्षमता पनि बढ्ने छ। 

परिमार्जनका लागि गरिएका प्रस्तावहरू - 

क.png

ख.png

ग.png

घ.png


प्रकाशित : शुक्रबार, पुस १२ २०८११८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend