आइतबार, पुस १४ गते २०८१    
images
images

भदौयता सेयर बजार लगातार 'साइडवेज'मा, २८०० बिन्दुको 'ब्रेकआउट' कहिले होला?

images
शनिबार, पुस १३ २०८१
images
images
भदौयता सेयर बजार लगातार 'साइडवेज'मा, २८०० बिन्दुको 'ब्रेकआउट' कहिले होला?

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाती भइरहेको छ।

images
images

काठमाडौं- सेयर बजारले गएको साउन ३१ गते ३००० बिन्दु छोएयता गति लिन सकेको छैन। सेयर बजारको 'साइडवेज' चरण निकै लामो देखिएको छ।नयाँ खुड्किलो पार गर्न कठिन भएको छ।

images
images
images

'करेक्सन'को चक्र पूरा गरेपछि मात्र थप बलियो हुँदै बजार उकालो लाग्ने देखिएको छ। तर चक्र पूरा कहिले हुन्छ र २८०० बिन्दुको ब्रेकआउट भएर उकालो लाग्छ भन्ने अनुमान गर्न कठिन भएको छ।

images

बजार निकै छोटो समयमा २००० को बिन्दुबाट करिब ३००० सम्म पुगेकाले पनि अहिले लामो समय करेक्सनमा गएको देखिन्छ। यसअघिको बढोत्तरी निकै छोटो अवधिमा भएको थियो। दुई महिनाभन्दा पनि कम अवधिमा करिब हजार अंकको वृद्धि भएको थियो।

images
images

पछिल्लो समय बजारले २६०० बाट पनि तल नजाने र २८०० को बिन्दुबाट पनि माथि नजाने ट्रेण्ड लगातार समातिरहेको छ। यसैको प्रभावले उही बिन्दु वरपर बजार लामो समयदेखि घुमिरहेको छ। यहि ट्रेण्डबीच पछिल्लो केही कारोबारमा वृद्धि देखिएको छ।

यो साताको कारोबारमा आइतबार बजार १३.५३ अंकले घटेको थियो। सोमबार २८.९१ अंकले बढेर २६१२.२० बिन्दुमा उक्लिएको बजार मंगलबार पनि १४.११ अंकले बढेको थियो। बुधबार बन्द रहेको बजार बिहीबार पनि सामान्य अंकले बढ्यो।

बिहीबार ४.१९ अंकले बढेर बजार २६३०.७१ बिन्दुमा पुग्यो। ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँको कारोबार भएको बजारमा ७० कम्पनीको सेयर मूल्य बढेको थियो। गएको बिहीबार वाणिज्य बैंकतर्फ लगानीकर्ता केन्द्रित हुँदा बजार हरियालीमै बन्द भएको देखियो।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाती भइरहेको छ।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिरमा पनि पूरा हुन सकेन।

समग्रमा हेर्दा बजारमा खासै रौनकता देखिएको छैन। सूचकसँगै कारोबार रकम पनि सुस्त भइरहेको छ। अधिकांश लगानीकर्ताहरू ‘पर्ख र हेर’को रणनीतिमा लागेका छन्। बजारमा लाभांशको सिजन चलिरहेको छ। लाभांश पनि कम्पनीहरूले आकर्षक दिन नसक्दा त्यसले पनि बजारमा प्रभाव पारेको देखिन्छ।यसकारण पनि लगानीकर्ताको उत्साह कम भएको अनुमान गर्न सकिन्छ।

कम्पनीहरूले प्रस्ताव गरेका लाभांश दर समग्रमा आकर्षक छैन। बजार बढ्दा लाभांशको साथमा पुँजीगत लाभ हात पार्ने सम्भावना पनि उत्तिकै छ। यसकारण पनि यतिबेला आम लगानीकर्ता बजारमा आकर्षित हुने अनुमान गरिएको हो। यद्यपि अहिलेसम्म त्यस्तो माहोल भने बन्न सकेको छैन।

बजारमा सरकार परिवर्तनलगायतका हल्ला चलाउने क्रम असारदेखि नै चलिरहेको छ। सोही मनोविज्ञानले पनि प्रभाव पारेको देखिन्छ। मुख्य कुरा पुसमा लगानीकर्तालाई साँवा-ब्याज भुक्तानीका लागि नगद जोहो गर्नुपर्ने भएकाले पनि खरिदभन्दा बिक्री चाप पर्ने अनुमान गरिएको छ।

अर्थतन्त्र चलायमानसँगै बढ्न सक्छ बजार

चालु आर्थिक वर्षको ५ महिनामा अन्तर्राष्ट्रिय व्यापार ४.२१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष ७ खर्ब ५ अर्ब रुपैयाँ बराबरको वस्तु व्यापार हुँदा यस वर्ष बढेर ७ खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको छ। यस अवधिमा आयात ३ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। गत वर्षको यसै अवधिमा वस्तु आयात ६ खर्ब ४२ अर्ब रुपैयाँको भएको थियो।

यो अवधिमा वस्तु निर्यात १६.५४ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ७३ अर्ब ६६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत वर्षको यस अवधिमा निर्यात ६३ करोड २० लाख रुपैयाँको मात्रै भएको थियो।

विगत दुई वर्षदेखि शिथिल अर्थतन्त्रमा अहिले विस्तारै गति लिने संकेतहरू देखा पर्न थालेका छन्। कर्जा तथा निक्षेपको ब्याजदर न्यून बिन्दुमा आएसँगै उद्योगी व्यवसायी तथा लगानीकर्ताहरू उत्पादन र थप लगानी विस्तारतर्फ आकर्षित हुन थालेका छन्।

निर्माण तथा उत्पादनका कामहरूले तीब्रता पाएसँगै बैंक वित्तीय संस्थाहरूबाट चालु पुँजी कर्जाको माग बढेको छ। चालु आर्थिक वर्षको चार महिनामा बैंकिङ प्रणालीबाट करिब ४६ अर्ब कर्जा प्रवाह भएको छ।

गत वर्षको यसै अवधिमा २७ अर्ब ३६ करोड अर्थात ३ प्रतिशतले ऋणात्मक रहेको चालु पुँजी कर्जा यस वर्ष ६.३ प्रतिशतले सकारात्मक देखिएको छ। कुल चालु पुँजी कर्जामध्ये औद्योगिक क्षेत्रतर्फको चालु पुँजीकर्जा २९ अर्ब १७ करोड अर्थात १२.५ प्रतिशतले बढेको छ।

यस्तै व्यवसायतर्फको चालु पुँजी कर्जा १३ अर्ब ८४ करोड अर्थात ४.४ प्रतिशत र सेवा क्षेत्रतर्फको चालु पुँजी कर्जा ६ अर्ब अर्थात ४.५ प्रतिशतले बढेको छ। यस अवधिमा २ करोडसम्मको आवासीय कर्जा १० अर्ब २१ करोड रुपैयाँले बढेको छ। यसले पनि घर निर्माणको कामले तीब्रता पाउन थालेको देखाउँछ।

अहिले रियल स्टेट कर्जा पनि सकारात्मक देखिएको छ। गत वर्षको यसै अवधिमा करिब २ प्रतिशतले ऋणात्मक रहेको यस्तो कर्जा यस वर्ष ०.३ प्रतिशतले बढेको छ। वर्तमान सरकार गठन भएयता सेयर बजारमा वृद्धि र करेक्सन एकसाथ देखा परिरहेको छ। अर्थतन्त्रको सर्पोट खोजिरहेको सेयर बजार आगामी समयमा बढ्ने अपेक्षा गर्न सकिन्छ।

चालु आर्थिक वर्षको चार महिनामा नै सेयर कर्जा करिब १७ अर्ब ६७ करोडले बढेको छ। गत वर्षको यसै अवधिमा ४ अर्ब ८५ करोड रुपैयाँमात्रै कर्जा प्रवाह भएको थियो। यस अवधिमा १ करोडसम्मको सेयर कर्जा सबैभन्दा बढी प्रवाह भएको छ।

१ करोडसम्मको सेयर कर्जा २७ प्रतिशतले बढ्दै १५ अर्ब १० करोड लगानी भएको छ। यस्तै ५ करोडदेखि १ अर्बसम्मको सेयर कर्जा १०.९ प्रतिशतले बढेको छ। गत वर्ष १९.१ प्रतिशतले ऋणात्मक रहेको हायरपर्चेज कर्जा पनि चालु आर्थिक वर्षको चार महिनामा २.१ प्रतिशतले बढेको छ।


प्रकाशित : शनिबार, पुस १३ २०८११६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend