शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

विपद् उद्धारमा खटिने स्वयंसेवकको सीप विकासका लागि पाठ्यक्रम बनाइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १२ २०८१
images
images
विपद् उद्धारमा खटिने स्वयंसेवकको सीप विकासका लागि पाठ्यक्रम बनाइँदै

नेपालमा बाढी, पहिरोलगायत विपद् उद्धारका लागि एक लाख तीन हजार स्वयंसेवकले प्राधिकरणको प्रणालीमा नाम लेखाएका छन् तर विपद् उद्धारमा स्वयंसेवकहरु खासै परिचालन हुने गरेका छैनन्।

images
images

काठमाडौं- सरकारले विपद् व्यवस्थापन (उद्धारलगायत)मा परिचालन हुने स्वयंसेवकलाई सीपयुक्त बनाउन पाठ्यक्रम निर्माण गर्ने भएको छ। 

images
images
images

अहिलेसम्म सेना, प्रहरी तथा रेडक्रसले आआफ्नै तरिकाले पाठ्यक्रम तयार गरी स्वयंसेवक तालिम दिँदै आएकामा अब गाउँगाउँमा खटिने विपद् उद्धार स्वयंसेवकलाई दक्ष बनाउन एकीकृत पाठ्यक्रम तर्जुमा गर्न लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

images
images

प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले स्वयंसेवकलाई सीपयुक्त बनाउनसके विपद् उद्धारमा तत्काल परिचालन गरी क्षति कम गर्न सकिने निष्कर्षका साथ एकीकृत पाठ्यक्रम बनाउन थालिएको र हाल प्रारम्भिक मस्यौदा तयार गरिसकिएको जानकारी दिए।

images
images
images

नेपालमा बाढी, पहिरोलगायत विपद् उद्धारका लागि एक लाख तीन हजार स्वयंसेवकले प्राधिकरणको प्रणालीमा नाम लेखाएका छन् तर विपद् उद्धारमा स्वयंसेवकहरु खासै परिचालन हुने गरेका छैनन्। ती स्वयंसेवकबाहेक रेडक्रस, स्काउट र नगर प्रहरीहरू पनि छन्।

विपद्का बेला सुरक्षा निकाय (सेना जनपद र सशस्त्र प्रहरी) मात्रै खटिले गरेका छन्। स्वयंसेवकलाई पनि दक्ष र सीपयुक्त बनाउन सके विपद् व्यवस्थापनमा योगदान दिनसक्ने हुँदा पाठ्यक्रम निर्माण गर्न लागिएको डा भुसालले बताए।

उनले भने, 'हामीले उत्पादन गरेका स्वयंसेवकले सुरुमा गाउँगाउँमा परिचालन भएर उद्धारमा खटिन्छन् भन्ने उद्देश्य थियो तर त्यसो हुन सकेन। यसका कारण स्वयंसेवकलाई सुरक्षाकमीसँगै काँधमा काँध मिलाएर काम गर्न सकुन् भन्ने उद्देश्यका साथ यो पाठ्यक्रम तर्जुमा गर्दैछौँ।' रासस


प्रकाशित : शुक्रबार, पुस १२ २०८११५:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend