शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पोखराबाट भारतका विभिन्न सहरमा उडानका लागि सरकारले बीआरआईको विषय स्पष्ट पार्नुपर्छ : वीरेन्द्रबहादुर बस्नेत

images
शुक्रबार, पुस १२ २०८१
images
images
पोखराबाट भारतका विभिन्न सहरमा उडानका लागि सरकारले बीआरआईको विषय स्पष्ट पार्नुपर्छ : वीरेन्द्रबहादुर बस्नेत

यस्तै उनले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैरुपमा सञ्चालन भइसकेको बताए। 'अब बजार व्यवस्थापन आवश्यक छ। यसको उत्तरदायित्व सरकारको हो' उनले भने।

images
images

काठमाडौं- बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरहरूमा जहाज उडानका लागि चिनियाँ परियोजना 'वेल्ट एण्ड रोड इनिसिएटिभ' (बीआरआई) को विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्। 

images
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि आफूहरू कटिबद्ध रहेको तर बीआरआईको विषयका कारण भारतले उडान अनुमति नदिएको बताउँदै उनले भने, 'पोखरा विमानस्थलमा चिनियाँ पक्षमार्फत बीआरआई प्रोजेक्ट भनेर प्रचार गरिएको छ। यो विषय के हो सरकारबाट स्पष्ट हुनुपर्छ। भारतले पोखरा विमानस्थल बीआरआईअन्तर्गत भनेर नै उडान रोकेको छ। यस विषयमा स्पष्ट हुन आवश्यक छ। बीआरआई हो भने सोहीअनुसार उडान हुने व्यवस्थापन सरकारबाट नै हुनुपर्छ। होइन भने यो विषय स्पष्ट गरेर भारतलाई विश्वस्त पार्नुपर्छ।'

images
images

शुक्रबार भइरहेको 'एभिएसन मिट २०२४' मा बोल्दै उनले भने, 'पोखराबाट अहिले उडान हुनसक्ने भारतकाका विभिन्न सहरहरू नै हो। यसबाट नै व्यावसायिक सञ्चालन सम्भव छ। तर अहिले नियमित उडान नहुँदा लागत रकम कसरी उठाउने र ऋण तिर्ने कुरामा समस्या छ। विमानस्थल निर्माणको ऋणको किस्ता र ब्याज वार्षिक २ अर्ब रुपैयाँ तिर्नुपर्ने छ। यसका लागि पनि सरकारले बीआरआईको विषय स्पष्ट पार्न आवश्यक छ।'

पोखरामा उडानका लागि आफूहरूले बोइङ र एयरबसको प्रतिनिति बोलाएर छलफल गरेको बताउँदै उनले भने, 'पोखरा असाध्यै क्रिटिकल विमानस्थल हो। यहाँबाट ३१९ एयरबसभन्दा सानो प्रकृतिका जहाज उडान हुन्छ, तर यसमा पनि लोड पेनाल्टी हुन्छ भनेर हामीलाई एयर बसका प्रतिनिधिले भनेका हुन्। यहाँबाट भारतीय द्वीपअन्तर्गतका विमानस्थलहरूमा उडान सम्भव छ। तर योभन्दा बाहिर सम्भव कम देखिएको एयस बसको भनाइ हो।'

images
images
images

उनले भने, 'हामीले पोखराबाट सबैभन्दा पहिले अन्तर्राष्ट्रिय उडान गर्न चाहेको हो। नेपाल सरकारबाट तीन दिनमै पोखरा-बनारस उडानका लागि अनुमति पनि पाएका थियौँ। परराष्ट्र मन्त्रालयमार्फत भारतसँग पनि अनुमति मागेका थियौँ। अहिलेसम्म हुन्छ पनि भनिएको छैन, हुँदैन भनेर जवाफ आएको पनि छैन। फाइल नै कतै घुमिरहेको छ।'

बंगलादेशले पोखरा उडानमा पनि हवाई रुटको विषय उठाउँदै आएको बुझिएको भन्दै उनले बताए। 'यस्तै पोखराबाट उडान सम्भव भएको ३१९ एयर बस जहाज उत्पादन छैन। स्पेशल अर्डर आवश्यक हुन्छ। त्यहाँ भिजिबिलिटी आईएफआरमा ३८ सय मिटर चाहिन्छ। यसलाई कम गर्नुपर्छ। आरएनपी एयर प्रविधि जडान गर्दा पनि २ हजार मिटरमा झर्ने बुझेका छौँ। भारतले अनुमति दिएको अवस्थामा हामी ३८ सय मिटर भिजिबिलिटीमा उडान गर्ने हो' उनले भने। 

यस्तै उनले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैरुपमा सञ्चालन भइसकेको बताए। 'अब बजार व्यवस्थापन आवश्यक छ। यसको उत्तरदायित्व सरकारको हो' उनले भने। 


प्रकाशित : शुक्रबार, पुस १२ २०८११४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend