मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

'आर्थिक उदारीकरणको युगमा पुर्‍याउने मुख्य नायक'

images
शुक्रबार, पुस १२ २०८१
images
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री तथा  काङ्ग्रेस नेता मनमोहन सिंहको बिहीबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ।  लामो समयदेखि स्वास्थ्य समस्या झेल्दै आएका सिंह ९२ वर्षका थिए। उनको निधनले भारतले एक असल नेता र अर्थशास्त्री गुमाएको छ।

images
images

नयाँ दिल्ली- भारतका पूर्वप्रधानमन्त्री तथा  काङ्ग्रेस नेता मनमोहन सिंहको बिहीबार साँझ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ।  लामो समयदेखि स्वास्थ्य समस्या झेल्दै आएका सिंह ९२ वर्षका थिए। उनको निधनले भारतले एक असल नेता र अर्थशास्त्री गुमाएको छ।

images
images
images

सिंहको स्वास्थ्य सन् २०२४ को सुरुदेखि नै गम्भीर रहेको थियो। जनवरी २०२४ मा छोरीको पुस्तक विमोचनमा उनको अन्तिम सार्वजनिक उपस्थिति देखिएको थियो। अप्रिल २०२४ मा राज्यसभाबाट सेवानिवृत्त भएका उनी हालका वर्षहरूमा स्वास्थ्यकै कारण सक्रिय राजनीतिबाट टाढा रहेका थिए।

images
images

सिंह सन् २००४ देखि २०१४ सम्म काङ्ग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) अन्तर्गत लगातार दुई कार्यकाल प्रधानमन्त्री बनेका थिए। उनी पीभी नरसिंहा राव सरकारमा अर्थमन्त्री रहँदा सन् १९९१ मा भारतलाई आर्थिक उदारीकरणको युगमा पुर्‍याउन मुख्य भूमिका खेलेका थिए।

images
images

सिंहको नेतृत्वमा भारतले दशकौँसम्मको आणविक अलगावको अन्त्य गर्दै ऐतिहासिक भारत-अमेरिका असैन्य परमाणु सम्झौता गरेको थियो। तर उनका कार्यकालहरू विवादरहित रहेनन्। भ्रष्टाचार र घोटालाका केही मुद्दाले उनको छविमा असर पुर्‍याएको भए पनि उनी इमानदार र समर्पित व्यक्तित्वको रूपमा स्मरणीय छन्।

मनमोहन सिंहले पञ्जाब विश्वविद्यालय र दिल्ली स्कुल अफ इकोनोमिक्समा प्राध्यापकको रूपमा आफ्नो करियर सुरु गरेका थिए। अर्थशास्त्रमा उनी विश्वभर प्रसिद्ध थिए। भारतीय रिजर्भ बैंकका गभर्नरदेखि योजना आयोगको उपाध्यक्षसम्म, सिंहले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै भारतको आर्थिक र प्रशासनिक जग बलियो बनाए।

सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा ब्रिटिस भारतको पञ्जाब प्रान्तको गह गाउँमा भएको थियो, जुन अहिले पाकिस्तानमा पर्छ। भारत-पाकिस्तान विभाजनपछि उनको परिवार भारत सरेको थियो। उनले पञ्जाब विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री हासिल गरे।


प्रकाशित : शुक्रबार, पुस १२ २०८१०७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend