शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

धितोपत्र बोर्डले दियो १ अर्ब २६ करोड ६२ लाख रुपैयाँको आईपीओ जारी गर्ने अनुमति, कुनको कति?

images
सोमबार, माघ १० २०७८
images
धितोपत्र बोर्डले दियो १ अर्ब २६ करोड ६२ लाख रुपैयाँको आईपीओ जारी गर्ने अनुमति, कुनको कति?
images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डले ६ कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि स्वीकृति दिएको छ। बोर्डले अनुमति पाएसंगै एक अर्ब २६ करोड ६२ लाख कित्ता आईपीओ जारी गर्ने भएका छन्। बोर्ड अध्यक्षको विवादले लामो समयदेखि आईपीओ जारी प्रक्रिया रोकिएको थियो। 

images
images
images

यसअघि बुद्धभूमी हाइड्रोपावरपछि कुनै पनि कम्पनीले (आईपीओ) जारी गर्न पाएका छैनन्। बोर्डले बलेफी हाइड्रोपावर, ग्रीन भेन्चर, नेस्डो समृद्ध लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालले अनुमति पाएका हुन्। 

images
images

ग्रीन भेन्चरस लिमिटेड  ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो।दोस्रोमा बालेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता बराबरको आईपीओ निष्कासन स्वीकृति पाएको हो। 

images
images

लघुवित्त वर्ग अन्तर्गतको राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ताका लागि निष्कासनको अनुमति प्राप्त गर्दा  नेस्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता र जालपा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता निष्कासनको स्वीकृति पाएको हो। 

लगानी उपसमूहको  इमर्जिङ नेपाललाई भने बोर्डले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ताका लागि निष्कासन अनुमति पाएको हो। 

sebon.PNG

 


प्रकाशित : सोमबार, माघ १० २०७८०८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend