शुक्रबार, पुस १२ गते २०८१    
images
images

सहरी योजना आयोगबाट ८४ वटा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार, एक अर्ब ६ करोड लागत

images
बिहीबार , पुस ११ २०८१
images
images
सहरी योजना आयोगबाट ८४ वटा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार, एक अर्ब ६ करोड लागत

यसमा सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र पूर्वाधारसँग सम्बन्धित ३३ वटा योजना छन्।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ।

images
images
images

यसमा सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र पूर्वाधारसँग सम्बन्धित ३३ वटा योजना छन्। यी योजनाको लागत १ अर्ब ५ करोड ९१ लाख ३ हजार रूपैयाँ रहेको छ।

images

सहरी योजना आयोगको सचिवलायका प्रमुख धनबहादुर बस्नेतले आज बजेट तर्जुमा समितिमा अहिलेसम्मको प्रगतिका विषयमा प्रस्तुतिकरण गर्दै योजनाका विषयमा जानकारी दिए। उनका अनुसार आयोगले अहिलेसम्म १८.६७ प्रतिशत वित्तीय प्रगति गरेको छ।  

images
images

यस अवधिमा सम्पदा तथा पर्यटन क्षेत्रमा विनियोजित २ अर्ब ४८ करोड २८ लाख ८७ हजार रूपैयाँको ९ प्रतिशत खर्च भएको छ। सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार यस अवधिमा १८ वटा मूर्त सम्पदासम्बन्धी योजना सम्पन्न भएका छन्।

उपभोक्तामार्फत सञ्चालन गरिएका ६१ वटा योजना निर्माणाधीन अवस्थामा छन्। सार्वजनिक खरिद प्रक्रियाबाट ३२ वटा योजना अगाडि बढाइएका छन्। ७ वटा योजना खरिद प्रक्रियामा छन्। अमूर्त सम्पदातर्फ ३३ वटा योजना कार्यान्वयनमा छन्।

सामाजिक विकास विभागको विनियोजित रकम ६४ करोड ९६ लाख २५ हजार रूपैयाँ हो। यसमा स्वर्णिम योजनाअन्तर्गत ११ करोड ६३ लाख रूपैयाँ, गौरव योजनामा २० करोड रूपैयाँ र नियमित कार्यक्रममा बाँकी रकम विनियोजित छ। यसमध्ये अहिलेसम्म ५.५९ प्रतिशत खर्च भएको छ। 

काठमाडौँ महानगरपालिकाले पुस १४ गतेका लागि नगर सभाको १६ औँ अधिवेशन आह्वान गरिसकेको छ। अहिले बजेट तर्जुमा समितिले चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमको समीक्षा गर्दै कार्यान्वयनमा आउन कठिन भएका कार्यक्रम र यसको सट्टा कार्यान्वयनमा लैजान आवश्यक कार्यक्रममा संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल गरिरहेको छ।


प्रकाशित : बिहीबार , पुस ११ २०८११७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend