मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

मोबाइल रिचार्ज र डाटा खरिदमा आईएमई पेले दिन्छ ५ प्रतिशत क्यासब्याक, बचतमा ३ प्रतिशत ब्याज दिने

बिहीबार , पुस ११ २०८१
मोबाइल रिचार्ज र डाटा खरिदमा आईएमई पेले दिन्छ ५ प्रतिशत क्यासब्याक, बचतमा ३ प्रतिशत ब्याज दिने

नेपालमा अहिले नेपाल राष्ट्र बैंकबाट अनुमति लिइ अहिले नेपालमा २६ वटा पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) सञ्चालनमा छन्।

काठमाडौं- डिजिटल वालेट कम्पनीहरुबीच प्रतिस्पर्धा बढिरहेको समयमा आईएमई पेले टपअप खरिदमा ५ प्रतिशत क्यासब्याक अफर ल्याएको छ।

अन्य भुक्तानी सेवा प्रदायक कम्पनीहरुले सेवाशुल्क बढाइरहेको समयमा आईएमई पेले उल्टै सेवाग्राहीलाई लाभ हुनेगरी क्यासब्याक दिइरहेको छ। रिचार्ज र डाटा खरिदमा अन्य कम्पनीले भने अफर दिएका छैनन्।

आईएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशत, ल्याण्डलाइन रिचार्जमा २ प्रतिशत, डाटा प्याकमा २ प्रतिशत क्यासब्याक अफर दिएको छ। यस्तै आईएमई वालेटमा नगद जम्मा गर्दा ३ प्रतिशत ब्याज समेत दिँदै आएको छ।

तर प्रतिस्पर्धी ई-सेवामा भने यो अफर सुविधा छैन। ग्राहकले आईएमईबाट १ सय रुपैयाँ मोबाइलमा रिचार्ज गर्दा ५ रुपैयाँ फिर्ता वालेट नम्बरमै पाउने छ।

आईएमई पेबाहेकका अन्य भुक्तानी सेवा प्रदायक कम्पनीले ब्याजदर दिने सुविधा दिएका छैनन्। वाणिज्य बैंकहरुले नै साधारण बचतमा ३ प्रतिशत ब्याजदर दिइरहेको समयमा आईएमई भुक्तानी सेवा प्रदायकले पनि ३ प्रतिशत ब्याज दिने गरेको छ।

आईएमई भुक्तानी सेवा प्रदायकको ३० करोड चुक्ता पुँजी रहेको छ। चुक्ता पुँजीका आधारमा आईएमई पे तेस्रो ठूलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आईएमई पेबाट सरकारी भुक्तानीअन्तर्गत बिजुली, पानी, सरकारी सेवा, शुल्क जरिवाना, इन्स्योरेन्स, हस्पिटलको भुक्तानी, टिकट, ऋणको साँवा ब्याज भुक्तानी, इन्टरनेट विल भुक्तानी, केबलकारको टिकट खरिद, सेयर ब्रोकर शुल्क भुक्तानीलगायतका सम्पूर्ण भुक्तानीसम्बन्धी काम गर्न सकिन्छ।

नेपालमा अहिले नेपाल राष्ट्र बैंकबाट अनुमति लिइ अहिले नेपालमा २६ वटा पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) सञ्चालनमा छन्। त्यसमा सबैभन्दा बढी चुक्ता पुँजी भएको कम्पनी नेपाल डिजिटल पेमेन्टस कम्पनी लिमिटेड (नमस्ते पे) हो। यसको चुक्ता पुँजी ४० करोड रहेको छ। यसैगरी दोस्रो बढी चुक्ता पुँजी भएको कम्पनी ई-सेवा हो। यसको चुक्ता पुँजी ३८ करोड रहेको छ।


प्रकाशित : बिहीबार , पुस ११ २०८११७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend