काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको पछिल्लो सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
प्रतिनिधिसभाका सदस्य अमेरेशकुमार सिंहले २०८० मंसिर २२ गते दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सपना प्रधान मल्लको संयुक्त इजलासले खारेज गरिदिएको हो। रिट खारेज भएपनि निर्देशनात्मक आदेश जारी हुने भएको छ।
मलेसियाको कम्पनी अजियाटामो स्वामित्वमा रहेको सेयर नेपाली मूलका शतिशाल आचार्यको स्वामित्वमा रहेको बेलायती कम्पनीले ८० प्रतिशत सेयर खरिद गरेको थियो। साढे ६५ अर्बमा बेलायती कम्पनी स्पेक्ट्रोलाइटले खरिद गर्ने निर्णयसँगै नेपाल सरकारले पनि सो सम्बन्धमा अध्ययन समिति बनाएको थियो।