मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार वृद्धितर्फ देखियो सेयर बजार, आउने साता के होला?

बिहीबार , पुस ११ २०८१
लगातार वृद्धितर्फ देखियो सेयर बजार, आउने साता के होला?

काठमाडौं- सेयर बजार लगातार वृद्धितर्फ देखिएको छ। लामो समयदेखि उतारचढाव हुँदै ओरालोतिर नै लागिरहेको बजारमा लगातार तेस्रो दिन हरियाली देखिएको हो। 

यो साता पहिलो कारोबारमा आइतबार बजार १३.५३ अंकले घटेको थियो। सोमबार २८.९१ अंकले बढेर बजार २६१२.२० बिन्दुमा उक्लिएको बजार मंगलबार पनि १४.११ अंकले बढेको थियो। बुधबार बन्द रहेको बजार बिहीबार पनि सामान्य अंकले बढेको हो। 

बिहीबार ४.१९ अंकले बढेर बजार २६३०.७१ बिन्दुमा पुगेको छ। ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँको कारोबार भएको बजारमा ७० कम्पनीको सेयर मूल्य बढेको छ। १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लगानीकर्ता विश्वस्त देखिन नसक्दा ओरालो यात्रा बढेको थियो। बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको विश्लेषकहरू बताउँछन्।  

लगातार तीन दिनको वृद्धिले बजारको अवस्था आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिरमा पनि पूरा हुन सकेन। पुस महिनामा बजार वृद्धितर्फ जाने लगानीकर्ताको अपेक्षा छ। 


प्रकाशित : बिहीबार , पुस ११ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend