शुक्रबार, माघ १८ गते २०८१    
शुक्रबार, माघ १८ २०८१
images
images

लगानी विस्तार गर्दै अपि पावर : मध्य चमेलिया जलविद्युत आयोजनाको ५१.५८२ प्रतिशत सेयर खरिद गर्ने निर्णय

images
बिहीबार , पुस ११ २०८१
images
images
लगानी विस्तार गर्दै अपि पावर : मध्य चमेलिया जलविद्युत आयोजनाको ५१.५८२ प्रतिशत सेयर खरिद गर्ने निर्णय

अपी पावर कम्पनीकै ग्रुपअन्तर्गत रहेर कम्पनी पानी उत्पादनमा पनि केन्द्रित हुने भएको छ। अपी स्प्रिङ लिमिटेडले ‘अपी’ नामको पानी ल्याउने भएको छ। कम्पनीले उक्त पानीका लागि १ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

images
images

काठमाडौं- अपि पावरले कम्पनीले २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजनाको ५१.५८२ प्रतिशत सेयर खरिद गरेको छ।

images
images
images

दार्चुला पावर लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको बहुमत सेयर खरिद गर्ने निर्णय अपि पावरले गरेको हो। अपि पावर कम्पनी लिमिटेडको पुस १० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयर खरिद गर्ने निर्णय गरेको हो। 

images

अपि पावर कम्पनी लिमिटेडको २१औँ वार्षिक साधारण सभाबाट सञ्चालक समितिलाई प्रदान गरेको अख्तियारीबमोजिम अपि पावर कम्पनी लिमिटेडले सेयर खरिदको निर्णय गरेको हो।  

images
images
images

सहायक कम्पनी श्री दार्चुला पावर लिमिटेडले दार्चुलाको मार्मा गाउँपालिकामा प्रवर्द्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माण गरेको छ।

स्वपुँजी अक्षरुपी १ अर्ब ४१ करोड ५२ लाखको ५१.५८२ प्रतिशतले हुने रकम ७३ करोड रुपैयाँ अपि पावर कम्पनी लिमिटेडले लगानी गरी सो कम्पनीमा बहुमत सेयर कायम गर्ने निर्णय गरेको हो। 

लगानी विस्तार गर्दै अपि

ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको अपि पावर कम्पनीले अपि इन्फ्रा लिमिटेड खडा गरेर लगानी विस्तारलाई तीव्रता दिन थालेको छ। कम्पनीले ऊर्जासँगै अन्य क्षेत्रमा समेत लगानी विस्तार सुरू गरेको हो। 

कम्पनीले अपार्टमेन्टमा समेत लगानी विस्तार गरेको छ। ललितपुरको झम्सिखेलमा १० तलाको अक्जरी अपार्टमेन्टको निर्माण सुरू गरेको हो। कम्पनीले तीन रोपनी क्षेत्रफलमा ४३ युनिटको अपार्टमेन्ट निर्माण गर्नेछ।

कम्पनीका अनुसार अपार्टमेन्ट २ वर्षभित्र बनाउने लक्ष्य लिइएको छ। अपार्टमेन्ट निर्माणमा १ अर्ब २० करोड खर्च हुने अनुमान कम्पनीको छ। १० तले अपार्टमेन्टमा ४५ वटा सुविधासम्पन्न युनिट हुने र दुई वर्षमा काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ।

अपि पावर कम्पनीकै ग्रुपअन्तर्गत रहेर कम्पनी पानी उत्पादनमा पनि केन्द्रित हुने भएको छ। अपि स्प्रिङ लिमिटेडले ‘अपि’ नामको पानी ल्याउने भएको छ। कम्पनीले उक्त पानीका लागि १ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ मै उत्पादन हुनेगरी दार्चुलामा घट्टेगाडको पानी प्रशोधन गर्न प्लान्ट स्थापना गरेको छ। कम्पनीले मिनरल वाटर र प्रोसेस्ड वाटर गरी दुई प्रकारको पानी उत्पादन गर्दैछ।

अपार्टमेन्ट निर्माण गर्नको लागि रिजर्भले नै पुग्ने र थप ऋण वा हकप्रद नचाहिने कम्पनीको भनाइ छ। निर्माण सम्पन्न भएपश्चात अपार्टमेन्टबाट २० देखि ३० करोड रुपैयाँ आम्दानी हुने कम्पनीको प्रक्षेपण छ।

हाइड्रो उत्पादन गरिरहेको कम्पनीले बिजुली व्यापारको समेत तयारी गरेको छ। सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिएमा अन्तर्राष्ट्रिय व्यापारमा जानेसमेत योजना कम्पनीले बनाएको छ।

कम्पनीका तत्कालीन अध्यक्ष गुरु न्यौपाने कारबाहीमा परेपछि अहिले अध्यक्षको रुपमा सृजना खड्काले कम्पनी सम्हाल्दै आएकी छिन्। कम्पनीले दार्चुलाको नौगडगाढ नदीको पानी उपयोग गरी ८.५ मेगावाट क्षमताको नौगडगाढ जलविद्युत आयोजनाबाट आफ्नो यात्रा सुरु गरेको थियो।

अपिले अहिले ६२.५ मेगावाटका आयोजना निर्माण सम्पन्न गरिसकेको छ। कम्पनीले दार्चुलामै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ। जुन सुदूरपश्चिमको हालसम्मकै ठूलो जलविद्युत् आयोजना हो।

यस्तै कम्पनीले तीनवटा सोलार आयोजना पनि निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ। कम्पनीले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केवर सोलार आयोजना, १ मेगावाटको सिमरा सोलार आयोजना निर्माण सम्पन्न गरिसकेको छ।

नेपाल विद्युत प्राधिकरणले सोलार आयोजना निर्माणको लागि गरेको टेण्डरमा पनि सहभागिता जनाएर आगामी आर्थिक वर्षमा थप ३० मेगावाटको सोलार आयोजना बनाउने तयारी भएको अपि पावरले जनाएको छ।


प्रकाशित : बिहीबार , पुस ११ २०८११२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend