सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई तिर्‍यो १३ अर्ब २० करोड

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १० २०७८
images
images
आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई तिर्‍यो १३ अर्ब २० करोड

सञ्चित बचत शून्यमा पुगेसँगै आईओसीलाई तिर्नुपर्नेमध्ये १ अर्ब ८० करोड रूपैयाँ अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो।

images
images

काठमाडौं- सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब २० करोड रूपैयाँ भुक्तानी गरेको छ।

images
images

निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड रूपैयाँ लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आईओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। निगमले आज आईओसीलाई १३ अर्ब २० करोड रूपैयाँ पठाएको छ।

images
images

सञ्चित बचत शून्यमा पुगेसँगै आईओसीलाई तिर्नुपर्नेमध्ये १ अर्ब ८० करोड रूपैयाँ अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो। मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आईओसीलाई तिर्न अपुग एक अर्ब ८० करोड रूपैयाँ निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो।

images
images
images

कोष सञ्चालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ। सरकारले पेट्रोलियम पदार्थको मूल्यमा स्थिरिता कायम गर्न विसं २०७१ मा ‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरण कोष (सञ्चालन) नियमावली’ जारी गरेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिँदै गएको छ। पेट्रोलियम पदार्थको खरिद मूल्य बढ्दै जाँदा मूल्य समायोजन नगर्ने हो भने निगम थप घाटामा जाने जानकारको भनाइ छ। सरकारसँग पैसा मागेर जनवरी महिनाको दोस्रो किस्ता बुझाएका निगमका अधिकारी आईओसीलाई अर्को महिनाको किस्ता कसरी बुझाउने भन्ने चिन्तामा छन्।

निगमले दोस्रो किस्ताबापत आईओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भएपनि आइतबार आईओसी बन्द भएका कारण एक दिन पछि भुक्तान गरेको हो। निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ। रासस


प्रकाशित : सोमबार, माघ १० २०७८०७:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend