मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

समस्याग्रस्त घोषणा भएसँगै नेप्सेले रोक्यो कर्णाली डेभलपमेन्ट बैंकको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ११ २०८१
समस्याग्रस्त घोषणा भएसँगै नेप्सेले रोक्यो कर्णाली डेभलपमेन्ट बैंकको कारोबार

काठमाडौं- कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार राेकिएको छ। राष्ट्र बैंकको सञ्चालक समितिले कर्णाली डेभलमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै कारोबार रोक्का गर्नका लागि नेपाल स्टक एक्सचेन्जमा पत्र पठाएको थियो। बिहीबारदेखि नेप्सेले कारोबार रोक्का गरेको हो। अब कारोबार रोक्का भएसँगै लगानीकर्ताको पैसा केही समय होल्ड हुने छ। 

राष्ट्र बैंकले मंसिर ११ गते कर्णाली बैंकमाथि शीघ्र सुधारात्मक कारबाही थालेको थियो। बैंकमा सुधारको संकेत देखा नपरेपछि बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो। 

बैंकमा समस्या देखिएपनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस बैंकको सेयर ८३३ रुपैयाँ प्रतिकित्ता कारोबार भइरहेको छ। हिजो मंगलबारमात्रै यस बैंकको सेयर ३३ रुपैयाँले बढेको थियो।

बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेप्से लाई कारोबार रोक्का गर्न राष्ट्र बैंकले पत्र पठाएको थियो।  राष्ट्र बैंक ऐनको दफा ८६ (ग) बमोजिम बैंकलाई नियन्त्रणमा लिएको हो। कर्णाली विकास बैंकको व्यवस्थापन सञ्चालनका लागि राष्ट्र बैंकले बैंक वित्तीय संस्था नियमन विभागको उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ। 

वित्तीय संस्था सुपरिवेक्षण विभागका विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उपनिर्देशक किशोर कुशवाहालाई सदस्य तोकिएको छ। समूहले पुस ११ बाट बैंकको जिम्मेवारी समाल्ने छ। 

कर्णाली विकास बैंकले राष्ट्र बैंकले तोकेबमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम गर्न सकेको थिएन। बैंकको निष्कृय कर्जा बढेर ४०‍‍.८५ प्रतिशत पुगेका थियो। 

कर्णाली डेभलपमेन्ट बैंक सुधार नहुने तर यसलाई समस्याग्रस्त घोषणा नगर्दा बैंकिङ प्रणालीमा नै असर पर्ने देखिएपछि समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , पुस ११ २०८११०:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend