शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ११ २०८१
images
images
पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी

धवलागिरि अटोमोबाइल्स व्यवसायी संघ, बागलुङका अनुसार पछिल्लो पाँच वर्षमा संघमा आबद्ध १९ जना व्यवसायी विस्थापित भएका छन्।

images
images

गण्डकी- आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन्। यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन्। 

images
images
images

धवलागिरि अटोमोबाइल्स व्यवसायी संघ, बागलुङका अनुसार पछिल्लो पाँच वर्षमा संघमा आबद्ध १९ जना व्यवसायी विस्थापित भएका छन्। 

images
images

संघका अध्यक्ष शिवशंकर शाहले सुरुमा ६७ वटा फर्म आबद्ध भएर संघ स्थापना गरिएकामा हाल ४८ फर्म मात्र सञ्चालनमा छन्। “अटोमोबाइलका १९ वटा व्यवसाय बन्द हुँदा प्राविधिक र श्रमिकले पनि रोजगारी गुमाएका छन्”, उनले भने, “पहिले करिब पाँच सय जना यस क्षेत्रमा कार्यरत थिए, अहिले जम्मा दुई सय २५ जनाले मात्र रोजगारी पाएका छन्।” 

images
images
images

खस्कँदो व्यापारका कारण व्यवसायी पलाउन हुने क्रम अझै नरोकिएको अध्यक्ष शाहले बताए। अटोमोबाइल क्षेत्रका व्यवसायीको संरक्षणका लागि राज्यले उपयुक्त नीति र कार्यक्रम ल्याउनुपर्ने उनको माग छ। 

व्यवसायी पलायन हुने अवस्था कायमै रहेका कुनै दिन अटोमोबाइल व्यवसाय नै संकटमा पर्ने धेरैको भनाइ छ। स्थानीयस्तरमा रोजगारी सिर्जना गरी युवा पलायनलाई कम गर्न थोरै भए पनि योगदान पुर्‍याइरहेका अटोमोबाइल व्यवसायीको हितमा स्थानीय तहले पनि आवश्यक सहयोग गर्नुपर्ने अध्यक्ष शाहको भनाइ छ। 'व्यवसायी पलायनको दर हेर्दा चिन्ताजनक अवस्था छ। संघमा गाडी, मोटरसाइकललगायत अटो क्षेत्रका व्यवसायी आबद्ध छन्। अटोमोबाइल मात्र नभएर अन्य क्षेत्रमा पनि आर्थिक मन्दीले प्रत्यक्ष असर पुर्‍याएको छ। सटर भाडासमेत तिर्न नसकेर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा कतिपय व्यवसायी पुगेका छन्। त्यसैले सरकारले सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याएर व्यवसाय संरक्षण गर्न आवश्यक छ', उनले भने।  

बुधबार संघले सदरमुकाममा सञ्चालित ग्यारेज र वर्कशपहरूलाई सरसफाइका लागि डस्टबिन वितरण गर्ने कार्यक्रममा धेरैजसो व्यवसायीले यस्तै गुनासो गरेका थिए। 

त्यस अवसरमा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले ‘सफा बागलुङ नगर’को अभियानलाई सघाउन नगरवासीसमक्ष आग्रह गरे। उनले व्यवसायीका समस्याबारे आफूहरूको ध्यानाकर्षण भएको बताए। रासस


प्रकाशित : बिहीबार , पुस ११ २०८११०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend