शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

एआई शिक्षासम्बन्धी कार्यक्रम आयोजना हुँदै

images
बुधबार, पुस १० २०८१
images
images
एआई शिक्षासम्बन्धी कार्यक्रम आयोजना हुँदै

यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर, र पीएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेस्नलहरू सहभागी हुन सक्नेछन्।

images
images

काठमाडौं- नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) ले एनुअल नेपाल एआई स्कुलको आयोजना गर्ने घोषणा गरेको छ। यो ११ दिने शैक्षिक कार्यक्रम यसवर्ष पुस १२ देखि २२ गतेसम्म आयोजना हुनेछ।

images
images
images

यो कार्यक्रमको पाँचौँ संस्करण आर्टिफिसियल एन्टिलिजेन्स्को आधार र कार्यान्वयनमा केन्द्रित छ। कार्यक्रममा आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेटिने कम्पनीले जनाएको छ।

images
images

कार्यक्रम ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजना हुँदैछ। यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर, र पीएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेस्नलहरू सहभागी हुन सक्नेछन्। विगत चार संस्करणमा ४० भन्दा बढी देशका ५ सय ५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका छन्।

images
images
images

'सानो ठाउँबाट ठूला परिवर्तन आउनसक्छ' भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कुलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ।


प्रकाशित : बुधबार, पुस १० २०८११७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend