मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

कर्णाली विकास बैंक समस्याग्रस्त, राष्ट्र बैंकले गर्‍यो 'टेकओभर'

बुधबार, पुस १० २०८१
कर्णाली विकास बैंक समस्याग्रस्त, राष्ट्र बैंकले गर्‍यो 'टेकओभर'

वित्तीय संस्था सुपरिवेक्षण विभागका विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उपनिर्देशक किशोर कुशवाहालाई सदस्य तोकिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ। नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिले बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो। 

अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई नियन्त्रणमा लिने भएको छ। राष्ट्र बैंक ऐनको दफा ८६ (ग) बमोजिम बैंकलाई नियन्त्रणमा लिएको हो। 

कर्णाली विकास बैंकको व्यवस्थापन सञ्चालनका लागि राष्ट्र बैंकले बैंक वित्तीय संस्था नियमन विभागको उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ। 

वित्तीय संस्था सुपरिवेक्षण विभागका विष्णुकुमार विश्वकर्मा र कानून महाशाखाका उपनिर्देशक किशोर कुशवाहालाई सदस्य तोकिएको छ। समूहले पुस ११ बाट बैंकको जिम्मेवारी समाल्ने छ। 

व्यवस्थापन समूहले सर्वसाधारणको हित तथा अधिकारको संरक्षण गर्दै बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता राख्ने बताइएको छ।

यस्तै बैंकको 'डियु डेलिजेन्स' सम्पन्न गराउन आवश्यक कार्य गर्नुका साथै वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानूनी प्रकृयामा ल्याउने बताइएको छ। 

कर्णाली विकास बैंकले राष्ट्र बैंकले तोकेबमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम गर्न सकेको थिएन। बैंकको निष्कृय कर्जा बढेर ४०.८५ प्रतिशत पुगेका थियो। जसले गर्दा राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही प्रकृया मंसिर ११ गते अगाडि बढाएको थियो।


प्रकाशित : बुधबार, पुस १० २०८११६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend