शनिबार, साउन १२ गते २०८१    
images
images
images

पर्यटनमन्त्री आलेले आइसोलेसनबाटै दिए क्यासिनोलाई अनुमति

images
सोमबार, माघ १० २०७८
images
images
पर्यटनमन्त्री आलेले आइसोलेसनबाटै दिए क्यासिनोलाई अनुमति

चार मन्त्री र दुई सचिवले रोकेको क्यासिनोको फाइल आलेले होम आइसोलेनबाट स्वीकृत गरे

images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले कोभिड संक्रमित भएर होम आइसोलेसनमै बसेको समयमा क्यासिनो सञ्चालनका लागि पूर्वस्वीकृति दिएका छन्।

images
images

मन्त्री आले माघ ३ गतेदेखि कोभिड संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका थिए। तर आलेले माघ ५ गते चिनियाँ लगानी रहेको क्यासिनोलाई पाँच तारे होटल अलफ्टमा क्यासिनो सञ्चालन गर्नका लागि पूर्वस्वीकृत दिएका हुन्।

images

‘अलफ्ट होटलमा क्यासिनो सञ्चालनका लागि एक क्सासिनाले पूर्व स्वीकृत पाएको फाइल विभागमा आइपुगेको छ,’ पर्यटन विभाग स्रोतले भन्यो, ‘क्यासिनो सञ्चालनका लागि मन्त्रीस्तरी निर्णय माघ ५ गते भएको छ। मन्त्रीज्यूले होम आइसोलेसनबाट गर्नु भयो कि मन्त्रालयबाट गर्नु भयो हामीलाई थाह छैन। तर पूर्वस्वीकृति पाएको फाइल विभागमा आइपुगेको छ।’

वाल्डो डाइनाष्टि इन्टरटेनमेन्ट प्रालिलाई मन्त्री आलेले कोरोना भएर होम आइसोलेसनमै बसेको बेला क्यासिनो सञ्चालनको अनुमति दिएका हुन्। यो ९० प्रतिशत चिनियाँ लगानी रहेको कम्पनी हो। यसमा १० प्रतिशत मात्रै नेपाली नागरिको लगानी रहेको छ। पर्यटन विभागमा रहेको कागजपत्रमा अशेष मल्लको नाम रहेको छ। 

images

यो कम्पनीलाई मन्त्री आलेले पाँचतारे होटल अलफ्टमा क्यासिनो सञ्चालनका लागि पूर्वस्वीकृति दिएका हुन्। 

४ मन्त्री र २ सचिवले रोकेको  फाइल आलेले आइसोलेसनबाट स्वीकृत गरे

क्यासिनो सञ्चालनका लागि भन्दै यो कम्पनीले पर्यटन विभागमा २ वर्ष अगाडि नै फाइल बुझाएको थियो। विभागले पनि पूर्वस्वीकृतिका लागि भन्दै मन्त्रालयमा पठाएको थियो।

तर पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारी र यादव कोइरलाले क्यासिनोको लगानी तथा पूर्वाधारको काम मापदण्ड बमोजिम नरहेको भन्दै क्यासिनो सञ्चालनको पूर्वस्वीकृतको फाइल रोकेको थिए। उनीहरुलाई पूर्वपर्यटन मन्त्री योगेश कुमार भट्टराई, भानुभक्त ढकाल, लिलानाथ श्रेष्ठ  र उमाशंकर अगरियाले समेत मापदण्ड पुरा नभएको र लगानीको विषयमा केही शंकास्पद रहेको भन्दै फाइल रोकेका थिए।

तर, आलेले अहिले सिधै फाइल मागेर पूर्वस्वीकृति दिएको मन्त्रालयका एक अधिकारीले बताए। मन्त्रीको काममा रोक्न सक्ने भनेको सचिवले हो। तर सचिव महेश्वर न्यौपानेले मन्त्री आलेले जे भने पनि हवस् हजुर भन्दै विना पूर्वाधार तथा मापदण्ड समेत पुरा नगरेको कम्पनीलाई आर्थिक छलफल गर्दै क्यासिनो सञ्चालनको पूर्वस्वीकृति दिएको स्रोतको दाबी छ।

मन्त्रालयबाट फाइल बोक्ने काममा भने पर्यटन मन्त्री आलेलको सचिवलयमा काम गरिरहेका एक जना नेपाल एयरलाइन्सका पाइलट रहेका स्रोतको दाबी छ। मन्त्रालयको कोठा कोठामा फाइल लगेर सबै प्रक्रिया पुरा गरेर होम आइसोलेसनमा रहेको मन्त्रीकहाँ फाइल पनि बोकेर एयरलाइन्सकै पाइलट पुगेको स्रोतको दाबी छ।

यस विषयमा होटलका कर्मचारीलाई सोध्दा केही दिन अगाडि विभागबाट ४/५ जना कर्मचारी आएकाे जानकारी दिए। विभागका कर्मचारीले मापदण्ड पूरा नभएको हुँदा फाइल अगाडि बढाउन नहुने भन्दा पनि डाठो आदेशमा स्वीकृति दिइएको  हो।


प्रकाशित : सोमबार, माघ १० २०७८०५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend