शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

२२ वर्षमा सिद्धार्थ बैंक, यस्तो छ लाभांश इतिहास

images
बुधबार, पुस १० २०८१
images
images
२२ वर्षमा सिद्धार्थ बैंक, यस्तो छ लाभांश इतिहास
images
images

काठमाडौं- अहिलेका वाणिज्य बैंकहरूमा सरकारी स्वामित्व भएकाबाहेक थोरैमात्र छन् जो अविच्छिन्न रुपमा एउटै लयमा चलिरहेका छन्। स्थापनाकालदेखि नै एउटै लयमा चलेर पनि बजारमा आफ्नो उपस्थितिलाई उत्तिकै मजबुत बनाएर प्रस्तुत गर्नेमा पर्छ सिद्धार्थ बैंक। 

images
images
images

स्थापनाको २२ औँ वर्षमा प्रवेश गरेको यो बैंकले स्थापनाकालदेखि आफ्नो वित्तीय अवस्थालाई सुदृढ बनाउँदै आएको छ भने पछिल्लो समयका ठूला मर्जरपछि पनि आफ्नो उपस्थतिलाई धरमर हुन दिएको छैन।  

images
images

पुँजी, व्यवस्थापन र व्यवसाय विस्तारमा बैंकले कुशलता प्रस्तुत गरेको छ। अनिवार्य नियामकीय पुँजीको व्यवस्थापन गर्दा पनि बैंकले सेयरहोल्डरबाटै जुटाएको थियो। दर्जनौँ बैंकले मर्जरको बाटो रोजेको त्यो समयमा सिद्धार्थले हकप्रद सेयरको माध्यमबाट पुँजी व्यवस्थापन गरेको थियो। आजका मितिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। बैंकको नेटवर्थ भने २८ अर्ब पुगेको छ। 

images
images
images

पछिल्ला पाँच वर्षमा देशको आर्थिक अवस्थामा अपेक्षित वृद्धिदर नहुँदा पनि अधिकांश सूचकमा सन्तोषजनक अवस्थामा रहेको छ। पाँच वर्षको अवधिको औसत वार्षिक ब्याज आम्दानी ६ अर्ब ७८ करोड छ जसको औसत वृद्धिदर ७.३० प्रतिशत रहेको छ। त्यस्तै खुद नाफा २ अर्ब ८३ करोड छ भने सञ्चार आम्दानी ९ अर्ब १९ करोड रहेको छ। 

यी सूचकको औसत वार्षिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको छ। स्थापनाको पाँचौँ वर्षमा प्रवेश गरेखि सेयरधनीलाई लाभांश दिन सुरू गरेको बैंकले कुनै वर्ष पनि हात खाली राखेको छैन। आर्थिक वर्ष २०७२/७३ मा बैंकले सबैभन्दा धेरै लाभांस ४८.७५ प्रतिशत दिएको थियो। हालसम्म औसतमा बैंकले १३.४६ प्रतिशत लाभांश दिएको छ। 

कुन वर्ष कति दियो लाभांश? 

Screenshot 2024-12-24 at 14.02.08.png
लाभांश इतिहास

पछिल्लो समय बैंकले पुँजी व्यवस्थापनका लागि ऋणपत्र उपकरणलाई राम्रोसँग परिचालन गरेको छ। बैंकले विभिन्न मितिमा जारी गरेका डिबेन्चर आव २०८२/०८३ बाट परिपक्व हुन सुरु हुने भएकाले ती आवबाट लाभांश क्षमता बढ्ने बैंकले जनाएको छ ।

डिबेन्चर रिडिम्पसन रिजर्बमा विनियोजित रकमबाट र अहिलेकै खुद मुनाफालाई निरन्तरता दिई रहँदा मात्र पनि बैंकले आव २०८२/०८३ देखि आव २०८४/०८५ सम्म २० देखि ३० प्रतिशतसम्म प्रतिफल दिन सक्ने बैंकको भनाइ छ।

विगतका केही वर्षहरुमा डिबेन्चर रिडेम्पसन फन्डमा ठूलो रकम विनियोजन भएको र विनियोजित रकम आगामी दिनमा सोयरधनीले बोनस सेयरका रुपमा प्राप्त गर्न सक्ने हुँदा अहिले मात्र बैंकको लाभांश क्षमतामा केही कमी आएको हो। गत आव २०८०/०८१ मा यो बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

आगामी तीन वर्षमा बैंकको लाभांश दिने क्षमतामा उल्लेख्य सुधार हुने बैंकको प्रक्षेपण छ। अहिलेको पुँजीको आधारमा आगामी तीन वर्षमा २०८२/८३ मा १५ प्रतिशत, त्यसपछिका दुई वर्षमा क्रमश: १७ र २१ प्रतिशत क्षमता विस्तार हुने बैंकले प्रक्षेपण पनि गरेको छ।


प्रकाशित : बुधबार, पुस १० २०८१०६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend