शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

१० वाणिज्य बैंकले दिए लाभांश, कुनको कति?

images
बुधबार, पुस १० २०८१
images
images
१० वाणिज्य बैंकले दिए लाभांश, कुनको कति?

अर्थतन्त्र संकुचित हुँदा बैंकहरूको वितरणयोग्य नाफामा उच्च दबाब परेको छ। गत वर्षको नाफाबाट यसवर्ष १० वाणिज्य बैंकमात्रै लाभांश घोषणा गर्न सफल भए।

images
images

काठमाडौं- अर्थतन्त्र संकुचित हुँदा बैंकहरूको वितरणयोग्य नाफामा उच्च दबाब परेको छ। गत वर्षको नाफाबाट यसवर्ष १० वाणिज्य बैंकमात्रै लाभांश घोषणा गर्न सफल भए। 

images
images
images

नेपाल स्टक एक्सचेन्जमा दर्ता भएका १९ वाणिज्य बैंकले हालसम्म १४ वाणिज्य बैंकले साधारणसभा आह्वान गरेकोमा १० बैंकले मात्रै लाभांश दिन सफल भएका छन्। ४ वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा नरहेकाले लाभांश नदिने निर्णय गरेका छन्। 

images
images

बाँकी रहेका नेपाल बैंक लिमिटेडबाहेक अन्य वाणिज्य बैंकले लाभांश बाँड्ने अवस्था छैन। वितरणयोग्य नाफा नै ऋणात्मक रहेकाले अन्य बैंकहरूले लाभांश बाँड्ने स्थिति देखिँदैन। 

images
images
images

गत वर्षको नाफाबाट सबैभन्दा बढी लाभांश विदेशी लगानी भएका बैंकहरूले बाँडेका छन्।  स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा धेरै लाभांश घोषणा गर्दै साढे ६ प्रतिशत बोनस र १९ प्रतिशत नगद गरेर साढे २५ प्रतिशत लाभांश घोषणा गरेको छ। संटकको समयमा समेत २५ प्रतिशत लाभांश बाँड्न सफल भएको भन्दै गभर्नर महाप्रसाद अधिकारीले समेत स्टाण्डर्ड चार्टर्ड बैंकको तारिफ गरेका थिए।

सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा दोस्रो स्थानमा एभरेष्ट बैंक रहेको छ। यस बैंकले १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश गरेर १५.५३ प्रतिशत लाभांश वितरण गरेको छ। एभरेष्टले गत वर्ष १० प्रतिशत बोनससँगै १०.५३ प्रतिशत नगद लाभांश गरेर २०.५३ प्रतिशत लाभांश विरतण गरेको थियो।

त्यस्तै नेपाल एसबीआई बैंकले ३.८ प्रतिशत बोनस र ६.८५ नगद लाभांश गरेर १०.६५ प्रतिशत लाभांश दिएको छ। गत वर्ष पनि बैंकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद लाभांश गरेर १०.५५ प्रतिशत नै लाभांश दिएको थियो।

प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक र हिमालयन बैंकले कुनै लाभांश नदिने घोषणा गरिसकेका छन् भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र एनआईसी एसिया बैंकले लाभांश वितरण गर्ने अवस्था छैन।

नबिल बैंकले गत वर्ष ११ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत वर्षको नाफाबाट यस वर्ष १० प्रतिशत नगद लाभांश नै घोषणा गरेर वितरण गरिसकेको छ। पुँजी बढ्ने भन्दै नबिल बैंकले नगद लाभांश दिएपछि बैंक पुँजीकोषको उच्च दबाबमा परेको छ। १० प्रतिशत नगद लाभांशसँगै अन्तिम लेखापरीक्षणको क्रममा १२.३४ प्रतिशतले नाफा घटाएर प्रोभिजनिङ बढाएपछि बैंकको पुँजीकोषमा दबाब पर्ने देखिएको छ। नगद लाभांश वितरणकै कारण बैंकको टायरवान क्यापिटल ९ प्रतिशतमा आउने देखिएको छ। 

यस्तै ग्लोबल आईएमई बैंकले गत वर्ष १ प्रतिशत बोनस र ८ प्रतिशत नगद गरेर कुल ९ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष साढे ५ प्रतिशत बोनस सेयर दिएको छ। जुन साधारणसभाबाट पारितसमेत भइसकेको छ।

गत वर्ष ९ प्रतिशत बोनस र ५.७ प्रतिशत नगद लाभांश गरेर कुल १४.७ प्रतिशत लाभांश घोषणा गरेको सानिमा बैंकले यस वर्ष ५.२६ प्रतिशत नगद लाभांश मात्रै घोषणा गरेको छ। 

त्यसैगरी गत वर्ष ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद लाभांश घोषणा गरेको लक्ष्मी सनराइज बैंकले यसवर्ष ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश गरेर ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ। 

प्राइम कमर्सियल बैंकले गत वर्ष लाभांश नदिएकोमा यसवर्ष ५ प्रतिशत नगद लाभांदश दिएको छ भने सिटिजन बैंक इन्टरनेसनलले गत वर्ष ५.७९ प्रतिशत नगद लाभांश दिएकोमा यस वर्ष ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभांश गरेर ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ।

सिद्धार्थ बैंकले गत वर्ष ४.२१ प्रतिशत नगद लाभांश दिएकोमा यस वर्ष ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभांश गरेर ४.२१ प्रतिशत नै लाभांश दिएको छ।

माछापुच्छ्रे बैंकले गत वर्ष १३.३ प्रतिशत बोनस र शून्य दशमलब ७ प्रतिशत नगद गरेर कुल १४ प्रतिशत लाभांश दिएकोमा यसपटक लाभांश घोषणा गरेको छैन।


प्रकाशित : बुधबार, पुस १० २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend