शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

राष्ट्रिय प्राणी उद्यान निर्माणलाई प्राथमिकता दिने मन्त्री शाहीको प्रतिबद्धता

images
मंगलबार, पुस ९ २०८१
images
images
राष्ट्रिय प्राणी उद्यान निर्माणलाई प्राथमिकता दिने मन्त्री शाहीको प्रतिबद्धता

आगामी आर्थिक वर्षमा करिब एक अर्ब बजेट विनियोजन गरेर अन्तर्राष्ट्रियस्तरको उद्यान बनाउन प्रतिबद्ध रहेको उनले बताए।

images
images

भक्तपुर- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सूर्यविनायकमा रहेको राष्ट्रिय प्राणी उद्यानको रोकिएका पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताएका छन्। नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री शाहीले राष्ट्रिय प्राणी उद्यानका पूर्वाधार निर्माण गर्न मन्त्रालय तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे।

images
images
images

आगामी आर्थिक वर्षमा करिब एक अर्ब बजेट विनियोजन गरेर अन्तर्राष्ट्रियस्तरको उद्यान बनाउन प्रतिबद्ध रहेको उनले बताए। मन्त्री ठकुरीले भने, 'यो प्राणी उद्यानको विकल्प छैन, त्यसैले आगामी आर्थिक वर्षमा एक अर्ब बजेट विनियोजन गरेर अन्तर्राष्ट्रियस्तरको उद्यान बनाउन मेरो प्रयत्न रहनेछ, यो आयोजना सफल पार्न म हरसम्भव प्रयास गर्नेछु।'

images
images

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले राष्ट्रिय प्राणी उद्यानले मुलुकको पर्यटन विकासमा ठूलो योगदान दिने बताउँदै यसलाई छिटो सम्पन्न गर्न सरकारले चासो दिनुपर्ने बताए। उनले यो परियोजनालाई ‘मेगा प्रोजेक्ट’को रुपमा लिएको बताउँदै पूर्वाधार निर्माणमा पूर्णता पाउने वित्तिकै सूर्यविनायक मात्रै नभइ देशलाई लाभ दिने बताए।

images
images
images

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले आव ०७३/०७४ को बजेटमा ‘एक प्रदेश, एक प्राणी उद्यान’ स्थापना गर्ने नीति अनुसार काम थालेको भएपनि आठ वर्षपछि कार्यालयको भवन एउटा बनेको तर त्यसपछि थप काम हुन नसकेको बताए।

उनले सरकारले बनाउन नसक्ने भए कोषले दाताहरूबाट पुँजी संकलन गरेर निर्माण पूरा गर्न तयार रहेको बताए।  सरकारले ६० वर्षका लागि कोषलाई भाडामा दिएमा पाँचदेखि १० वर्षभित्रमा प्राणी उद्यानको सम्पूर्ण निर्माण सम्पन्न गर्ने उनको भनाइ थियो।

राष्ट्रिय प्राणी उद्यानका प्रमुख भूपेन्द्र यादवले सरकारको उदासिनताका कारण निर्माण रोकिएको बताउदै यसलाई छिटो अघि बढाउन स्थानीय सरकार र संघीय सरकारबीच सहकार्य गरी अघि बढ्न आवश्यक रहेको धारणा राखे।

नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले छिटो निर्माण सम्पन्न गर्न मिडियाले पनि दबाब दिनु पर्नेमा जोड दिए। विसं २०७१ माघ २९ को मन्त्रिपरिषद्को निर्णयबाट प्राणी उद्यान निर्माणका लागि निर्देशन तयार पारेर दिएपनि पूर्वाधार निर्माण सुस्त गतिमा छ। 

भक्तपुरको सूर्यविनायक स्थित दुई ४५ हेक्टर सामुदायिक तथा सरकारी वनमा निर्माण हुन लागेको उक्त उद्यान अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्रको रुपमा निर्माण गर्न लागिएको हो। रासस


प्रकाशित : मंगलबार, पुस ९ २०८११७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend