शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

एनआईसी एसिया बैंकका सेयरधनीले लाभांश नपाउने, राष्ट्र बैंकले लगायो रोक

images
सोमबार, माघ १० २०७८
images
एनआईसी एसिया बैंकका सेयरधनीले लाभांश नपाउने,  राष्ट्र बैंकले लगायो रोक

राष्ट्र बैंक स्रोतका अनुसार बैंकले प्राथमिक पुँजी कोष ८.५ प्रतिशत पुर्‍याउन नसक्दा गत वर्षको लाभांश वितरणको प्रस्ताव रोकेको हो। 

images
images

काठमाडाैं- राष्ट्र बैंकले एनआईसी एसिया बैंकले सेयरधनीलाई प्रस्ताव गरेकाे लाभांश अस्वीकृत गरेकाे छ। बैंकले पुँजी काेष ८.५ प्रतिशत कायम गर्नुपर्ने थियो। तर एनआईसीले ऋणमा आक्रामक हुँदा उक्त कोष तोके अनुसार हुन सकेको छैन।

images
images
images

पुँजी कोष ११ प्रतिशत पुर्याउन प्राथमिक पुँजी र पूरक पुँजी आवश्यक रहने व्यवस्था रहेको छ। प्राथमिक पुँजी साढे ८ प्रतिशत पुग्नपर्ने व्यवस्था रहेको छ। तर बैंक यसमा चुकेपछि राष्ट्र बैंकले अ‌ंकुश लगाएको हो। 

images
images

राष्ट्र बैंक स्रोतका अनुसार बैंकले प्राथमिक पुँजी कोष ८.५ प्रतिशत पुर्‍याउन नसक्दा गत वर्षको लाभांश वितरणको प्रस्ताव रोकेको हो। 

images
images

ठूला बैंक तथा वित्तीय संस्थाले पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसकेका छन्। ठूला बैंकहरुले सेयरधनीलाई लाभांशसमेत पारत गरेर खातामा पठाउन थालेका छन्। 

तर एनआईसी एसियाले भने राष्ट्र बैंकको नियम नमान्दा साधारणसभासमेत गर्न सकेको छैन। पुस मसान्तसम्म साधरणसभा सम्पन्न गरेर नियमक निकायलाई जानकारी नदिए जरिवानासमेत हुने गरेको छ।  

गत पुस ३० गते नबिल बैंक, सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंकले साधारणसभा गरेका थिए। दुई महिना अगाडि नै एनआईसी एसियाले सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो। सोही प्रस्तावको निर्णय र साधारणसभाको मिति बोकेर सञ्चालक समिति नियमक निकाय राष्ट्र बैंक पुगेको थियो। 

विभिन्न विषयमा विवाद भइरहने एनआईसी एसिया यसपटक भने ठूलो समस्यामा परेको छ। एनआईसी एसियाले व्याजदरदेखि ऋण उठाउन प्रयोग गर्ने हतकन्डासम्ममा आरोप लागेर विभिन्न पटक कारबाहीसमेत खेप्न परेको छ। 

एनआईसी एसिया बैंकले आफ्नो हरहिसाब राष्ट्र बैंकलाई बुझाइसकेको छ। बैंकको साधारणसभा भने लाभांशका कारण रोकिएको छ। बैंकले राष्ट्र बैंकलाई आफ्नो वार्षिक प्रतिवेदन स्वीकृतिका लागि पठाएलगत्तै लाभांश घोषणा गरेपछि मुख्य समस्या आएको हो।  

एनआईसी एसियाले ऋण लगानीमा तीब्रता दिएपछि पुँजी कोष साढे ८ प्रतिशत कायम गर्न सकेको छैन। सो प्रावधानअनुसार एनआईसी एसियाले लाभांश बाड्न पाउने छैन। गत वर्ष सोही समस्या आए पनि लाभांश बाड्न भने दिएको थियो।

एनआईसी एसियाले गत वर्ष पनि लाभांश बाडेकोले पाउनुपर्ने र सञ्चालक समितिबाट पास भइसकेको भन्दै राष्ट्र बैंकलाई आग्रह गरेको छ। तर नियमक निकायले सो प्रावधान भएको छैन। एनआइसी एसियाले पुँजीकोष ८.१ प्रतिशत मात्र कायम गरेको छ। बैंकले पुँजीकोष बढाउन भन्दै हकप्रद र ऋणपत्र जारी गर्न माग गरेको छ। 

बैंकले यसवर्ष गत वर्षभन्दा थोरै लाभांश घोषणा गरेको थियो। गत वर्ष २० प्रतिशत लाभांश बाँडेको बैंकले ४१ प्रतिशतसम्म लाभांश वितरण गरेको इतिहास रहेको छ। बैंकको ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने दोस्रो बजारमा पुँजीकरण भने १ खर्ब ६० लाख रुपैयाँ रहेको छ। 

एनआईसी एसिया बैंकले ६ महिनामा २ अर्ब ४० करोड खुद नाफा आर्जन गरेको छ। 

nica.jpg

यो पनि 

 


प्रकाशित : सोमबार, माघ १० २०७८०५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend