शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

माछापुछ्रेलाई मर्जर प्रस्ताव पठाएको सनराइज बैंकको नाफा घट्यो, अन्य सूचक कस्तो?

images
सोमबार, माघ १० २०७८
images
माछापुछ्रेलाई मर्जर प्रस्ताव पठाएको सनराइज बैंकको नाफा घट्यो, अन्य सूचक कस्तो?
images
images

काठमाडौं- माछापुछ्रे बैंकलाई मर्जर प्रस्ताव गरेको सनराइज बैंकको खुद नाफा घटेको छ। चालु वर्षको ६ महिनामा सनराइज बैंकको खुद नाफा २१.४७ प्रतिशतले घटेको छ।

images
images
images

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ९४ करोड ९४ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा घटेर ७४ करोड ५५ लाखमा सीमित भएको हो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ०.८० प्रतिशतले बढेर १ अर्ब ८३ करोड पुगेको छ। बैंकको बितरणयोग्य मुनाफा भने १० करोड ११ लाख रहेको छ।  

images
images

समीक्षा अवधिमा बैंकको निक्षेप २१.४३ प्रतिशतले बढेर १ खर्ब २९ करोड पुगेको छ भने कर्जा प्रवाह १९.८ प्रतिशतले बढेर १ खर्ब २० अर्ब पुगेको छ।  बैंकको खराब कर्जा बढेर १.४१ प्रतिशत पुगेको छ। १० अर्ब ११ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा ५ अर्ब २४ करोड रहेको छ। 

images
images

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १४.७४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १५१.७९ रुपैयाँ र पी रेसियो २०.३६ गुणा रहेको छ।


प्रकाशित : सोमबार, माघ १० २०७८०५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend