शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

नेपाल टेलिकमको हुम्लास्थित बीटीएस टावरमा क्षति, सेवा सुचारु गर्न समय लाग्ने

images
सोमबार, पुस ८ २०८१
images
images
नेपाल टेलिकमको हुम्लास्थित बीटीएस टावरमा क्षति, सेवा सुचारु गर्न समय लाग्ने

भौगोलिक विकटताका कारण मर्मत गरी सेवा सुचारु गर्न समय लाग्ने नेपाल टेलिकमले जनाएको छ।

images
images

काठमाडौं- हुम्लाका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका बीटीएस टावरमा क्षति पुग्दा सेवा अवरुद्ध भएको छ।

images
images
images

बीटीएस टावरहरुमा अनधिकृत रुपमा केही समूह तथा व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्‍याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेको टेलिकमको दाबी छ।

images
images

सर्केगाड गाउँपालिका-५ स्थित बरै माइक्रो बीटीएसमा पुस ४ गते सोलार प्यानल, भीस्याटका उपकरणहरु तथा अर्थिङ केबलमा क्षति पुगेको टेलिकमले जनाएको छ। भौगोलिक विकटताका कारण मर्मत गरी सेवा सुचारु गर्न समय लाग्ने टेलिकमको भनाइ छ।

images
images
images

साथै सार्वजनिक महत्वका सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने र सर्वसाधारणको सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न/नगराउनसमेत टेलिकम अनुरोध गरेको छ।


प्रकाशित : सोमबार, पुस ८ २०८११६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend