शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सडकहरूको गुणस्तर परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा

images
सोमबार, पुस ८ २०८१
images
images
सडकहरूको गुणस्तर परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा

पूर्वाधार सुधार गरेर काठमाडौंलाई धुलोरहित सहर बनाउने कामपाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने बहुवर्षीय योजना हो। यसका लागि हरेक वर्ष करिब एक अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले निर्माण भएका एवं मर्मत भएका सडकहरूको गुणस्तर परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा पठाउने गरेको छ।

images
images
images

उक्त परीक्षणबाट कालोपत्र गर्न प्रयोग गरिएको ‘विटुमिन’ को मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, खँदिलोपना, निर्माण सामग्रीको मिश्रण मात्राका बारेमा थाहा पाउन सकिने कामपाको भनाइ छ।

images
images

सडकको दायाँ भाग, केन्द्र भाग र बायाँ भाग गरी विभिन्न स्थानबाट परीक्षणका लागि कटिङ गरिने कामपाको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्। कामपाको अनुगमन समितिको संयोजकसमेत रहेकी डंगोलले कोर कटिङले मर्मत भएका सडकहरूको अवस्था थाहा पाउनका लागि निकै सहयोग पुग्ने बताइन्।

images
images
images

पूर्वाधार सुधार गरेर काठमाडौंलाई धुलोरहित सहर बनाउने कामपाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने बहुवर्षीय योजना हो। यसका लागि हरेक वर्ष करिब एक अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

कामपाको भौगोलिक क्षेत्रलाई चार भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ। यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं ६, ७, ८, ९, १०, ३१, ३२ पर्छन्। यी वडामा काम गर्न करिब ९० करोड रूपैयाँ लागत अनुमान गरिएको थियो।

सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार शाक्यका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत कुनै पनि ठाउँ नछोडी सबै सडक कालोपत्र हुनेछ। मर्मतसम्भार कार्यक्रम र पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत भत्किएको, भासिएको वा बिग्रिएको ठाउँलाई तत्काल मर्मत गर्ने काम हो। यसमा पनि सडक कालोपत्र गर्ने काम गरिन्छ। तर यो खण्ड खण्डमा मात्र हुन्छ।

'सहरलाई धुलोरहित बनाउन कामपाले पूर्वाधार निर्माण गरेपछि यसको उपयोगमा स्थानीयवासीबाट पूरा गर्नुपर्ने दायित्व पनि छन्', वडा नं ४ का अध्यक्ष दिनेश महर्जन भन्छन्, 'घर, पसल वा व्यवसायको भुइँ बढारेको उत्पादन भएको धुलो सडक र नालीमा फाल्ने आचरणमा सुधार आउनुपर्छ। धुलोरहित कार्यक्रमको दिगो प्रयास यहीँबाट सुरू हुन्छ, बानीमा परिवर्तन ल्याउनुपर्छ।' रासस


प्रकाशित : सोमबार, पुस ८ २०८११४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend