सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

कोभिडबाट मृत्यु भएकाको परिवारलाई तनहुँमा आर्थिक सहयोग, अस्पतालमा मृत्यु भएको हुनुपर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ९ २०७८
images
images
कोभिडबाट मृत्यु भएकाको परिवारलाई तनहुँमा आर्थिक सहयोग, अस्पतालमा मृत्यु भएको हुनुपर्ने

अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारले मात्र आर्थिक सहायता पाउनेछन्, होम आइसोलेसनमा मृत्यु भएकाले रकम पाउँदैनन्'

images
images

दमौली- कोभिड-१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन्। स्वास्थ्य कार्यालय तनहुँले कोभिड-१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो।

images
images

कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए। 

images
images

गण्डकी प्रदेश सरकारको स्वास्थ्य शाखा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत कोभिडबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५० हजार रूपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराइनेछ। जिल्लाका दसवटै पालिकामार्फत कोभिडबाट मृत्यु हुनेको विवरण माग गरिएको अधिकारीले बताए। 'अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारले मात्र आर्थिक सहायता पाउनेछन्, होम आइसोलेसनमा मृत्यु भएकाले रकम पाउँदैनन्,' उनले भने, 'सबै पालिकाबाट विवरण प्राप्त भएपछि रकम निकासा गर्छौं।'

images
images
images

आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड-१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेस गर्नुपर्ने प्रावधान छ।

तनहुँमा कोभिड-१९ बाट १५६ जनाको मृत्यु भएको तथ्याङ्क छ । त्यसमध्ये महिला ६१ र पुरुष ९५ छन्। दोस्रो लहरको कोरोना सुरु भएपछि वैशाखयता मात्रै १२९ जनाको मृत्यु भएको थियो।

भानुका नौ, व्यासका ४५, शुक्लागण्डकीका ५४, भिमादका २४, म्याग्देका १०, घिरिङका ६, ऋषिङका एक, देवघाटका एक, बन्दिपुरका तीन र आँबुखैरेनीका तीनजनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, माघ ९ २०७८१३:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend