शनिबार, मंसिर ८ गते २०८१    
images
images

नाफापछि ग्लोबल आईएमई बैंक दोस्रो बजारमा पनि पहिलो हुने दौडमा, सूचकले साथ दिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १० २०७८
images
images
नाफापछि ग्लोबल आईएमई बैंक दोस्रो बजारमा पनि पहिलो हुने दौडमा, सूचकले साथ दिँदै
images
images

काठमाडौं- नाफामा पहिलो बनेपछि ग्लोबल आईएमई बैंक दोस्रो बजारमा पनि पहिलो हुने दाउमा लागेको छ। बैंकको सबै सूचकको सुधारले लगानीकर्ता उत्साहित देखिएका छन्। एकपछि अर्को सफलता हात पार्दै गएको ग्लोबल आईएमई बैंक ६ महिनाको विवरण हेर्दा नाफा धेरै कमाउनेमा पहिलो बनेको छ।  

images
images
images

यसअघि एनआईसी एसिया बैंकको नाफा बढी हुने गरेकोमा ग्लोबल आईएमई बैंकले नबिल र एनआईसी एसिया बैंकलाई पनि पछि पारेको हो। योसँगै ग्लोबल आईएमई बैंक दोस्रो बजारमा पनि आकर्षक बन्दै जाने देखिएको छ। 

images

सोही कारणले साताको पहिलो दिन ग्लोबल आईएमई बैंकको सेयर मूल्यसमेत बढेको छ। आइतबार एकै दिन ६.७४ प्रतिशतले बढेर ३६४ रुपैयाँ प्रत्तिकित्ता कारोबार भयो। प्रतिकित्ता २३ रुपैयाँ बढेको सेयर मूल्य लगातार बढ्ने देखिन्छ। आइतबार ५ लाख ६८ हजार कित्ता करोबार भएको थियो। 

images

संमग्र नेप्से परिसूचक दोहोरो अंकले घट्दा पनि ग्लोबल आईएमई बैंकको सेयरमा भने सेयर लगानीकर्ता आकर्षित भएका छन्। नाफा र सबै सूचकमा उत्कृष्ट भए पनि बैंकको दोस्रो बजारमा भने सेयर मूल्य खासै बढेको छैन। दोस्रो बजारमा बैंकको आकार र लाभांशको हिसाबले पनि सेयर मूल्य अन्डरभ्यालु नै रहेको देखाउँछ। सोही कारण पनि लगानीकर्ताहरु आकर्षित हुन थालेका छन्।

बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिएको छ। वितरणयोग्य नाफामा उत्साहजनक वृद्धि गरेकोले पनि आगामी वर्षहरूमा ग्लोबल आईएमई बैंकले सेयरधनीलाई आकर्षक लाभांश दिने निश्चित रहेको छ। बैंकको पछिल्लो ५२ हप्तामा अधिकतम ५२२ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो। भने न्यूनतम २७५ रुपैयाँमा कारोबार भएको थियो। 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो। खुद फि तथा कमिसन आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढ्न पुगेको हो।

एनआईसी एसिया बैंकले ६ महिनामा २ अर्ब ४० करोड खुद नाफा आर्जन गरेको छ भने नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। दुवै बैंकलाई ग्लोबल आईएमई बैंकले उछिनेको हो। 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १३.६९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने १३.५७ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ करोड ७८ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० करोड ४० लाख रुपैयाँ झरेको छ। जसले गर्दा सञ्चालन मुनाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २१.४० रुपैयाँबाट बढेर २२.३९ रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.५६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४.९७ रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पुँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३.४९ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निक्षेप १.२९ प्रतिशत बढेको छ भने कर्जा १२.१५ प्रतिशत बढेको छ।

बैंकको चुक्ता पुँजी पनि २३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। बैंकले ६ महिनामा २ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। कर्जा प्रवाह २ खर्ब ५६ अर्ब रुपैयाँ गरेको छ। बैंकको निष्कृय कर्जा १.१३ प्रतिशत रहेको छ। 


प्रकाशित : सोमबार, माघ १० २०७८०१:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend