मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

चलायमान हुँदै अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार ४ प्रतिशतले बढ्दा एकै महिना १ खर्ब ४८ अर्बको आयात

निर्यात १६.५४ प्रतिशतले बढ्यो

आइतबार, पुस ७ २०८१
चलायमान हुँदै अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार ४ प्रतिशतले बढ्दा एकै महिना १ खर्ब ४८ अर्बको आयात

मंसिर महिनामा मात्रै नेपालले १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। जुन यस वर्षकै सर्वाधिक आयात हो।

काठमाडौं- चालु आर्थिक वर्षको ५ महिनामा अन्तर्राष्ट्रिय व्यापार ४.२१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष ७ खर्ब ५ अर्ब रुपैयाँ बराबरको वस्तु व्यापार हुँदा यस वर्ष बढेर ७ खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको छ।

यस अवधिमा आयात ३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। गत वर्षको यसै अवधिमा वस्तु आयात ६ खर्ब ४२ अर्ब रुपैयाँको भएको थियो। 

यो अवधिमा वस्तु निर्यात १६.५४ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ७३ अर्ब ६६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत वर्षको यस अवधिमा निर्यात ६३ करोड २० लाख रुपैयाँको मात्रै भएको थियो। 

आयात र निर्यात दुवैमा भएको वृद्धिसँगै व्यापार घाटा पनि बढेको छ। गत वर्षको पाँच महिनामा ५ खर्ब ७९ अर्ब रुपैयाँ रहेको वस्तु व्यापार घाटा रहेकोमा यस वर्षको सोही अवधिमा ५ खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ।

मंसिर महिनामा मात्रै नेपालले १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। जुन यस वर्षकै सर्वाधिक आयात हो।


प्रकाशित : आइतबार, पुस ७ २०८११५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend