आइतबार, पुस ७ गते २०८१    
images
images

सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधिको उपयोग गर्न विज्ञको सुझाव

images
आइतबार, पुस ७ २०८१
images
images
सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधिको उपयोग गर्न विज्ञको सुझाव

पूर्वाधारमन्त्री देवेन्द्र दाहालले सडक निर्माण मात्र नभइ सुरक्षाको विषयसमेत महत्वपूर्ण भएकाले मन्त्रालयले त्यसतर्फ पनि ध्यान दिएको बताए।

images
images

काठमाडौं- सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधिको उपयोग गर्नुपर्नेमा विज्ञहरुले सुझाव दिएका छन्।

images
images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकसँग भएको छलफलमा उनीहरुले प्रविधिको उपयोगबाट यातायात व्यवस्थापनका साथै सडक सुरक्षा सहज बनाउन सकिनेमा जोड दिए।

images

त्यस अवसरमा मन्त्री देवेन्द्र दाहालले सडक निर्माण मात्र नभइ सुरक्षाको विषयसमेत महत्वपूर्ण भएकाले मन्त्रालयले त्यसतर्फ पनि ध्यान दिएको बताए। विभिन्न निकाय तथा विज्ञहरुसँग आवश्यक समन्वय गरी सडक सुरक्षालाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई सुरक्षित तथा सरल सेवा प्रवाह गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए।

images

मन्त्री दाहालले सडक सुरक्षा, व्यवस्थान तथा सेवा प्रवाहलाई सरल पार्ने विषयमा कानूनी तथा नीतिगत जटिलता भएमा त्यस्ता व्यवस्था सरल पार्न मन्त्रालय तत्पर रहेकोसमेत बताए।

छलफलमा प्रतिष्ठानका सचिव डा रवीन्द्रप्रसाद ढकालले विभिन्न राष्ट्रका विश्वविद्यालय एवं प्राज्ञिक निकायसँग सहकार्य गरी सडक सुरक्षा तथा यातायात व्यवस्थापनका क्षेत्रमा कार्य गर्न प्रतिष्ठान अग्रसर रहेको बताए।

प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक सुरेशकुमार ढुंगेल, ईश्वर बज्राचार्य, प्राविधिक अधिकृत हरिराम श्रेष्ठलगायत मन्त्रालयकै प्राविधिकसहित मन्त्री दहालले सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा प्रविधिको उपयोगबारे छलफल गरेका हुन्।

त्यस क्रममा विज्ञहरुले अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय तथा सोही प्रकारका अन्य प्रतिष्ठानसँग सहकार्य गर्दा आवश्यक पर्ने नीतिगत एवं कानुनी व्यवस्था सरल बनाई दिन आग्रह गरे। रासस


प्रकाशित : आइतबार, पुस ७ २०८११५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend