मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

कर्जाको माग नबढेपछि ६० अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

आइतबार, पुस ७ २०८१
कर्जाको माग नबढेपछि ६० अर्ब तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब ५७ अर्ब रूपैयाँ लगानीयोग्य रकम रहेको छ। यस अवधिमा बैंकहरुले ६६ खर्ब ७१ अर्ब निक्षेप संकलन गरेर ५३ खर्ब ३६ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्।

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ६० अर्ब रूपैयाँ तरलता प्रशोचन गर्ने भएको छ।

पुस ७ गते राष्ट्र बैंकले प्रणालीबाट अधिक तरलता प्रशोचन गर्न लागेको हो। २१ दिनका लागि राष्ट्र बैंकले उक्त तरलता प्रशोचन गर्न लागेको हो।

हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब ५७ अर्ब रूपैयाँ लगानीयोग्य रकम रहेको छ। यस अवधिमा बैंकहरुले ६६ खर्ब ७१ अर्ब निक्षेप संकलन गरेर ५३ खर्ब ३६ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्।

यस अवधिमा बैंक वित्तीय संस्थाहरुले ५३ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७८.६४ प्रतिशत रहेको छ। यस्तै बैंकहरुको अन्तरबैंक ब्याजदर ३ प्रतिशत नै रहेको छ।

प्रकाशित : आइतबार, पुस ७ २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend