शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

मुग्लिन-काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने, अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने

images
आइतबार, पुस ७ २०८१
images
images
मुग्लिन-काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने, अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने

आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौं जाने आउने सवारी चालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ।

images
images

चितवन- मुग्लिन-काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ। 

images
images
images

स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म बन्द गरिने नागढुंगा-मुग्लिन सडक आयोजनाले जनाएको छ।

images
images

आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौं जाने आउने सवारी चालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ। सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ।

images
images
images

नागढुंगा-मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरीतर्फ जाने भारी सवारीसाधन गल्छी-बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ। 

यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ। विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौँदी बजारमा रोकिनेछ। रासस


प्रकाशित : आइतबार, पुस ७ २०८११०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend