मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयरधनीलाई ३० प्रतिशत लाभांश दिँदै नेपाल टेलिकम

आइतबार, पुस ७ २०८१
सेयरधनीलाई ३० प्रतिशत लाभांश दिँदै नेपाल टेलिकम

कम्पनीले पुस २८ गते आइतबार साधारणसभाबाट पास भएपछि सेयरधनीले प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश (करसहित) पाउने छन्।

काठमाडौं- नेपाल टेलिकमले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत लाभांश दिने भएकाे छ। सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले पुस २८ गते आइतबार साधारणसभाबाट पास भएपछि सेयरधनीले प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश (करसहित) पाउने छन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

यसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : आइतबार, पुस ७ २०८११०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend