शनिबार, पुस ६ गते २०८१    
images
images

देशमा क्रमशः आर्थिक-सामाजिक विकास हुँदैछ : प्रधानमन्त्री

images
शनिबार, पुस ६ २०८१
images
images
देशमा क्रमशः आर्थिक-सामाजिक विकास हुँदैछ : प्रधानमन्त्री

'ज्ञान र बुद्धि कस्तो छ भन्ने आधारमा मानिसको मूल्यांकन हुन्छ। बुद्धि भ्रष्ट भएमा काम लाग्दैन', प्रधानमन्त्री केपी शर्मा ओलीले भने।

images
images

सुनसरी- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक-सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताएका छन्।

images
images
images

नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको आज इटहरीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि भएका पूर्वाधार विकास र त्यसपछिका आर्थिक विकास तथा रोजगारीका अवसर सृजनालगायत क्षेत्रमा व्यापक परिवर्तन भएको बताए।

images

'हामीलाई चाहिएको मानव जातिको सुख हो। हाम्रा मेहनतको ध्येय सुख पाउनु हो। ज्ञान र बुद्धि कस्तो छ भन्ने आधारमा मानिसको मूल्यांकन हुन्छ। बुद्धि भ्रष्ट भएमा काम लाग्दैन। मानिसमा विनम्रता हुनुपर्छ। घमण्ड हुनु हुँदैन', मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठीकसँग प्रयोग गर्न सकेमा सुख प्राप्त गर्न सकिन्छ', उनले भने।

images

विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उनले यस दिवसलाई सधैँ अपनाउन र मानव हितलाई केन्द्रमा राखेर पृथ्वीलाई जोगाउन आग्रह गरे। जेसिजको लक्ष्य विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले मुलुकमा जेसिजको विस्तार भएकामा त्यसको सराहना गरे। रासस


प्रकाशित : शनिबार, पुस ६ २०८११६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend