मंगलबार, वैशाख २५ गते २०८१    
images
images

२४ घण्टामा ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण

images
बिजनेस न्युज
images
images
२४ घण्टामा ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण
images
images

काठमाडौं- नेपालमा थप ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

images
images
images

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ५ हजार ५ सय ९८ र एन्टिजेन परीक्षणबाट ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमा १७ हजार ४ सय ३७ नमूनाको परीक्षण गरिएको थियो।

images

मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ३ सय ७७ नमूनाको पीसीआर र ४ हजार ६० नमूनाको एन्टिजेन परीक्षण गरिएको हो। मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ।

images

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५५ पुगेको छ।

images
images

साथै पछिल्लो २४ घण्टामा १ हजार ४ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

images

प्रकाशित : आइतबार, माघ ९ २०७८११:०३
प्रतिक्रिया दिनुहोस