काठमाडौं- एसियाली विकास बैंकसँग एकैपटक करिब एक खर्बको ऋण सम्झौता भएको छ।
एसियाली विकाससँग नेपाल सरकारले एकैपटक ९९ अर्ब रुपैयाँ बराबरको ऋण सम्झौता गरेको हो। मन्त्रालयमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको हो।
एडीबीसँग ६ अर्ब ५२ करोड अनुदान र ९९ अर्ब बरारबको ऋण गरी कूल १ खर्ब ६ अर्ब बढीको सहायता सम्बन्धि सम्झौता भएको हो।
दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न यो रकम खर्च हुनेछ।
खानेपानीसँगै पूर्वपश्चिम विद्युत प्रसारणलाइन परियोजनामा ऋण परिचालन हुनेछ। त्यस्तै समावेसी विकास कार्यक्रममा पनि यसको रकम जानेछ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा.रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरेका छन्।
निर्देशक कोश्वाले नेपालको कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी, एवं सहरी पूर्वाधार निर्माणमा एडीबीले सघाउँदै आएको बताए।