बिहीबार , वैशाख १३ गते २०८१    
images
images

हकप्रदसँगै बम्पर लाभांश आउने भएपछि शिखर इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

images
images
images
हकप्रदसँगै बम्पर लाभांश आउने भएपछि शिखर इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता
images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डले शिखर इन्स्योरेन्स कम्पनीलाई हकप्रदको अनुमतl दिएसँगै लगानीकर्ता आकर्षित भएका छन्। हकप्रद र लाभांश पनि सँगै आउने भएपछि साताको पहिलो दिन शिखरको सेयर मूल्य प्रतिकित्ता ४७.९० रुपैयाँले बढेको हो।

images
images
images

आइतबार ८४ हजार ६६ कित्ता कारोबार भएको कम्पनीको सेयर मूल्य २०५६.९० रुपैयाँमा कारोबार बन्द भएको थियो। आइतबार मात्रै कम्पनीको १७ करोड ४७ लाख कित्ता सेयर किनबेच भएको छ।  

images

ननलाइफ इन्स्योरेन्स कम्पनीमा कारोबारदेखि नाफाका हिसाबले पनि पहिलो नम्बरमा रहेको कम्पनीले प्रत्येक वर्ष सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। 

images

शिखरले १० कित्ता बराबर ३ कित्ता हकप्रद सेयर दिनेगरी ५२ करोड  ७५ लाख रुपैयाँको लागि बोर्डले अनुमति दिएको छ। कम्पनीको ५२ हप्ताको बीचमा अधिकतम मूल्य ३०२१ रुपैयाँसम्ममा कारोबार भएको थियो। त्यस्तै न्यूनतम कारोबार भने १३८७ रुपैयाँमा भएको थियो। 

images
images

कम्पनीले पहिलो तीन महिनामा १३ करोड ३६ लाख ५२ हजार ४ सय ४० रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले गत वर्षभन्दा १३.३२ प्रतिशत नाफा बढाएको छ। इन्स्योरेन्सको नाफा प्रतिसेयर आम्दानी २२६.७५ रहेको छ। कम्पनीको नाफाको हिसाबले अघिल्लो वर्षकै हाराहारी ३० देखि ४० प्रतिशत लाभांश दिने क्षमता रहेको छ। 

कम्पनीको १ करोड ७५ लाख ८५ हजार २ सय ४० कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको बजार भ्यालु २९ अर्ब ६८ करोड ३८ रुपैयाँ रहेको छ। कम्पनीको नाफाबाट कम्पनीका सेयरधनीहरूलाई गत वर्ष २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद गरी २९.२३१ लाभांश दिएको थियो। 

कम्पनीले अघिल्लो आर्थिक वर्ष भने ३६.१ प्रतिशत बोनस र १.९ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो।
कम्पनीले सबैभन्दा धेरै २०७२/७३ मा ६३.१५ प्रतिशत लाभांश दिएको थियो। सबैभन्दा कम भने आर्थिक वर्ष २०६९/७० मा २० प्रतिशत लाभांश दिएको थियो।

images

प्रकाशित : आइतबार, माघ ९ २०७८११:०५

प्रतिक्रिया दिनुहोस