काठमाडौं- नेपाल राष्ट्र बैंकले अभौतिक मुद्रा(क्रिप्टोकरेन्सी) अवैध भएकाले यसमा लगानी तथा कारोबार नगर्न सचेत गराएको छ।
राष्ट्र बैंकले सूचना जारी गर्दै नेपालमा वैधानिकता नपाएको क्रिप्टो र त्यससँग सम्बन्धित लगानी तथा कारोबार नगर्न राष्ट्र बैंकले जानकारी दिएको छ।
पछिल्लो समय यस्तो लगानी तथा कारोबार नेपालभित्रै भइरहेको सूचना आएको र यस्तो कारोमा संलग्न जोकोहीलाई कारीबाहीको दायरामा ल्याइएको राष्ट्र बैंकले बताएको छ।