सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

कोरोनाविरुद्धको खोप लगाउन गाउँ-गाउँमा घुम्ती शिविर

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ९ २०७८
images
images
कोरोनाविरुद्धको खोप लगाउन गाउँ-गाउँमा घुम्ती शिविर

कर्णाली राजमार्ग वरपरको क्षेत्रका जितेगडा र लालीगाघाट बजार क्षेत्रमा खोप अयियान सञ्चालन गरिएको छ।

images
images

मान्म- कालीकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ गाउँमा घुम्ती शिविर सुरु गरिएको छ। सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो।

images
images

स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाका स्थानीय तहको समन्वयमा जिल्लाभर कोरोना विरुद्धको खोप लगाउन शिविर सञ्चालन गरिएको हो।

images
images

घुम्ती शिविर सञ्चालन, विद्यालय र स्थानीय स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए।

images
images
images

जिल्लामा हालसम्म एक लाख २७ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। खोपको पहिलो मात्रा लगाउने ८१ हजार ९५३, दोस्रो मात्रा लगाउने ४५ हजार ८०७ तथा बुस्टर डोज लगाउने ३४० जना रहेको उनले जानकारी दिए।
 
'खोप अभियानलाई जिल्लाभर तीव्र पारेका छौँ', उनले भने। कर्णाली राजमार्ग वरपरको क्षेत्रका जितेगडा र लालीगाघाट बजार क्षेत्रमा खोप अयियान सञ्चालन गरिएको छ।

हुम्ला, जुम्ला, मुगु र बाजुराको प्रवेशद्वार मानिने कर्णाली राजमार्ग क्षेत्रमा खोप अभियान सुरु गरिएको हो। जिल्लाभर हाल १८१ जना कोरोनाबाट सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, माघ ९ २०७८१०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend