शनिबार, मंसिर ८ गते २०८१    
images
images

नयाँ उचाइमा बढेको सेयर बजारमा उतारचढावबीच सामान्य 'ब्रेक'

images
आइतबार, माघ ९ २०७८
images
images
नयाँ उचाइमा बढेको सेयर बजारमा उतारचढावबीच सामान्य 'ब्रेक'
images
images

काठमाडौं- गएको साता ७३.५९ अंकले वृद्धि भएको सेयर बजार मापक नेप्से परिसूचक यो साता कारोबारको पहिलो दिन आइतबार १०.८३ अंकले घटेको छ। 

images
images
images

आइतबार बजार १०.८३ अंकले घटेर २९२०.५१ बिन्दुमा पुगेको हो। आइतबार ७ अर्ब ३ करोड रूपैयाँको कारोबार भएको छ। जहाँ ४६ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ७ कम्पनीको सेयर मूल्य परिवर्तन भएको छैन। 

images

गएको साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७३.५९ अंकले बढेर २९३१.५९ बिन्दुमा पुगेको थियो। त्यसअघिको साता बजार १६५.२८ अंकले बढेको थियो। यो साता आइतबार बजार घटेपनि लगानीकर्ता अतालिनुपर्ने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्। 

images
technical chart.jpg

बजार ३२०० सयबाट घट्दै बढ्दै गर्दा २२०० बाट टेको लागेर अगाडि बढेकोले अबको बजार ३२०० भन्दा माथि जाने प्राविधिक तथ्यांकले देखाउने विश्लेषकहरूले बताइरहेका छन्। तीन सातादेखि सकारात्मक देखिएको बजारमा आइतबार देखिएको गिरावट सामान्य ब्रेक मात्र भएको विश्लेषकहरूको तर्क छ। केही करेक्सनपछि बजार पुन: उचाइमा बढ्ने उनीहरू बताउँछन्। 

चुनावको मिति तोक्ने कि नतोक्ने भन्ने विषयमा सरकार अलमलमा परिरहेका बेला सेयर लगानीकर्ता पनि पर्ख र हेरको नीतिमा देखिएको समेत बताइएको छ। प्राय चुनावी वर्ष सेयर बजार उच्च अंकमा जाने गरेको छ। आगामी बैशाखसम्म स्थानीय चुनाव गर्न सरकारलाई संवैधानिक बाध्यता पनि छ।


प्रकाशित : आइतबार, माघ ९ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend