शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

मेलम्चीको पानी आपूर्ति : पाइपलाइनको काम शीघ्र पूरा गर्न मन्त्री यादवको निर्देशन

images
बिहीबार , पुस ४ २०८१
images
images
मेलम्चीको पानी आपूर्ति : पाइपलाइनको काम शीघ्र पूरा गर्न मन्त्री यादवको निर्देशन

गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मतसम्भार गर्न खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिए।

images
images

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन्।

images
images
images

स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उनले त्यस्तो निर्देशन दिएका हुन्। साथै उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए। गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मतसम्भार गर्न उनले निर्देशन दिए।

images
images

मन्त्री यादवका साथ खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ अधिकारी थिए। रासस

images
images
images


प्रकाशित : बिहीबार , पुस ४ २०८१११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend