मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

अमेरिकी महसुलको प्रभाव मत्थर पार्न चीनको विनिमय रणनीति

बिहीबार , पुस ४ २०८१
अमेरिकी महसुलको प्रभाव मत्थर पार्न चीनको विनिमय रणनीति

एउटा निश्चित बिन्दुभन्दा तल आउन नदिनेगरी कमजोर बनाइराख्ने रणनीति चीनले लिएको पश्चिमा देशका मिडियाहरूमा विश्लेषण छापिएका छन्।

काठमाडौं- पछिल्लो ६ वर्षदेखि चलिरहेको अमेरिका-चीन व्यापार युद्धले फेरि नयाँ उचाइ लिने धेरैको अनुमान र चिन्ता रहेको छ। चीनविरुद्ध प्रविधिको पहुँचमाथि रोक, महसुलको प्रहार गरेर व्यापार युद्ध सुरू गरेका डोनाल्ड ट्रम्प नै फेरि राष्ट्रपतिमा निर्वाचित भएपछि विश्व अर्थव्यवस्थामा तनाब झन बढ्ने चिन्ता धेरैको छ। 

चीनबाट आयात हुने धेरै वस्तुमाथिको भन्सार महसुल उच्चदरले बढाउने घोषणा ट्रम्पले यसअघि नै गरिसकेका छन्। यसको बदलामा चीनले पनि केही धातुको निर्यातमा रोक लगाएर जवाफ दिइसकेको छ। प्रविधिको पहुँचमाथिको प्रतिबन्धलाई अमेरिकाले झन कडा बनाउँदै जाने घोषणा ट्रम्पले गरेका छन्। 

ऊर्जा, अन्वेषण र प्रविधिको क्षेत्रमा तीव्र प्रतिस्पर्धा गरिरहेका यी दुई ठूला अर्थतन्त्रबीचमा हुने व्यापार युद्धले चरम रुप लिनसक्ने सम्भावना पर्याप्त छन्। अमेरिका आफैले मात्र होइन आफ्ना सहयात्री देशलाई पनि चीनविरुद्ध कडा कदम चाल्न अमेरिकाले बाध्य पारेको छ। 

सम्भावित अमेरिकी महसुल र प्रतिबन्धको प्रहार मत्थर पार्दै विश्व बजारमा आफ्नो उत्पादनलाई प्रतिस्पर्धी बनाइराख्न अनेक तयारी गरिरहेको छ। निर्यातमा आधारित अर्थतन्त्रलाई उपभोगतर्फ मोड्नेदेखि विनिमयको उपकरण पनि चीनले उपयोग गर्ने नीति लिएको विश्लेषकहरूले बताएका छन्। 

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी डलर अन्य मुद्राको तुलनामा निरन्तर बलियो भइरहेको छ। विश्वका प्रमुख मुद्राहरू निरन्तर कमजोर भइरहेका छन्। अरु मुद्रा कमजोर भएको र डलर बलियो भएको यो खेलमा चिनियाँ रणनीति लुकेको धेरैको बुझाइ छ। अमेरिकी आर्थिक प्रहारलाई मत्थर पार्नका लागि चीनले आफ्नो मुद्रालाई कमजोर बनाइराख्ने बा अझ बलियो हुन नदिने रणनीति लिन खोजेको छ। 

एउटा निश्चित बिन्दुभन्दा तल आउन नदिनेगरी कमजोर बनाइराख्ने रणनीति चीनले लिएको पश्चिमा देशका मिडियाहरूमा विश्लेषण छापिएका छन्। 

कुनै पनि मुलुकको मुद्रा कमजोर भएमा त्यो देशको उत्पादन सस्तो हुन्छ। जसले गर्दा विदेशी बजारमा त्यस्ता वस्तु माथि लाग्नसक्ने सम्भावित महसुलको प्रभाव मत्थर हुन्छ। यद्यपि चिनियाँ मुद्राको अवमूल्यण अमेरिकी महसुलको प्रभाव मत्थर हुने तहमा भने हुन सम्भव छैन।

यदि त्यसो भएमा विनिमय असन्तुलनको अवस्था आउनसक्छ। अनेक रणनीतिमा एउटा मौद्रिक विनिमयको रणनीति पनि रहेको देखिन्छ। चिनियाँ मुद्रा कमजोर भएमा विदेश जाने वस्तुमात्र सस्तो हुनेछैन विदेशबाट आउने वस्तु पनि महँगो हुन सक्छ।


प्रकाशित : बिहीबार , पुस ४ २०८१०७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend