शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ : प्रधानमन्त्री ओली

images
बुधबार, पुस ३ २०८१
images
images
हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ : प्रधानमन्त्री ओली

'राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए। हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ। जातीय विभेद अन्त्यका लागि हामी विद्यमान कानूनमा संशोधनका निम्ति पनि लाग्नेछौँ', उनले भने।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन्।

images
images
images

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको बताए।

images
images

'हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ', प्रधानमन्त्री ओलीले भने, 'नेकपा एमाले र नेपाली कांग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन्। राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए। हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ। जातीय विभेद अन्त्यका लागि हामी विद्यमान कानूनमा संशोधनका निम्ति पनि लाग्नेछौँ।'

images
images
images

प्रधानमन्त्री ओलीले जातीय छूवाछुत र साम्प्रदायिकतालाई निमिट्यान्न पार्न वर्तमान सरकार तत्पर प्रधानमन्त्रीले बताए। असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुखी हुन सक्दैन भन्दै उनले सुखी हुन असमानता र छूवाछूत हटाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता सुनिश्चित गर्न संविधानमा नै व्यवस्था गरिएको बताए। 'मान्छे एउटै हो। जन्मदै कोही पनि श्रेष्ठ हुँदैन। जन्मदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन। सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन', उनले भने।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानता सुनिश्चित गर्न संविधान र कानूनको पालनाका साथै सामाजिक सुधार पनि आवश्यक भएको बताए। रासस


प्रकाशित : बुधबार, पुस ३ २०८११६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend