सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सारमा राजस्व संकलनमा कमी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ३ २०८१
images
images
सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सारमा राजस्व संकलनमा कमी

चालु आवको साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व संकलन भएको कार्यालय जनाएको छ।

images
images

वीरगञ्ज- वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड ११ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व संकलन गरेको हो।

images
images
images

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको पाँच महिनामा राजस्व संकलनमा कमी आएको जानकारी दिए। कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व संकलन पनि प्रभावित भएको छ।
 
चालु आवको साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व संकलन भएको कार्यालय जनाएको छ।

images

यस्तै, मङ्सिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात् तीन अर्ब २२ करोड ८४ लाख २९ हजार राजस्व संकलन भएको छ। कार्यालयले गत आवको पाँच महिनामा २१ अर्ब चार करोड १६ लाख ७३ हजार राजस्व संकलन गरेको थियो। रासस

images
images
images


प्रकाशित : बुधबार, पुस ३ २०८११०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend