मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सात वर्षसम्म स्थिर रहनेगरी ७.९९ प्रतिशत ब्याजदरमै सिटिजन्स बैंकको घर कर्जा

मंगलबार, पुस २ २०८१
सात वर्षसम्म स्थिर रहनेगरी ७.९९ प्रतिशत ब्याजदरमै सिटिजन्स बैंकको घर कर्जा

यो ब्याजदर ७ वर्षसम्म स्थिर रहने छ। ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर कायम गरिनेछ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा योजना सार्वजनिक गरेको छ।

आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा 'सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साका' भन्ने उद्घोषका साथ ७ वर्षको लागि स्थिर रहने गरी बैंकले ७.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना ल्याएको हो।

यो योजनाअन्तर्गत कायम रहेको ब्याजदर ७ वर्षसम्म स्थिर रहने छ। ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर कायम गरिनेछ। यस आकर्षक योजनामा सहभागी हुनको लागी ग्राहकहरुले आफ्नो पायक पर्ने नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयबाट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।

अधिक्तम २ करोड रूपैयाँसम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहकहरुलाई नि:शुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड जारी गरिने सुविधा रहेको छ। साथै पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत शर्तसहितको छुट रहेको बैंकले जनाएको छ।

बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' सञ्चालनमा ल्याएको छ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। रासस


प्रकाशित : मंगलबार, पुस २ २०८११७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend